• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घृणाको यो समयमा हाम्रा बच्चाहरूलाई प्रेमको पाठ कसरी सिकाउने ?

  • वीरगंज संजाल
  • ५ असार २०७९, आईतवार १३:१७
  • २०२१

    वीरगंज । म सधैं आमा बन्ने सपना देख्थेँ । मलाई आफूमा पूर्ण विश्वास थियो । मलाई थाहा थियो म असल आमा बन्नेछु । म मेरो बच्चाको हात समातेर हिँडेको कल्पना गर्थेँ । हामी दुवै, फुर्तिलो चालमा पाइला चाल्दै । खुसीको लहरले हाम्रो हृदयलाई ढपक्कै ढाक्ने गरी । मेरो पहिलो सन्तान हुनुभन्दा धेरै वर्ष अघि, मैले आफ्ना छोराछोरीलाई कसरी हुर्काउने भनेर धेरै नोट बनाइरहेको थिएँ । ती नोट असाध्यै राम्रा थिए । छोरीलाई पहिलो पटक बोक्दा मैले उनका लागि सुस्त आवाजमा गाउन सुरु गरेँ । छोरी असाध्यै रोइरहेकी थिइन् । तर मेरो गीत सुनेर उनको रोदन रोकियो । उनी सुनिरहेकी छिन्, मलाई यस्तै विश्वास थियो । मेरो आवाज उनले चिन्थिन् । उनी मेरो गर्भमा भएदेखि नै उनको लागि यो गीत गाइरहेको थिएँ । तर समय बित्दै जाँदा मैले महसुस गरेँ कि मेरो आवाजले उनलाई सधैं शान्त गर्दैन । केवल दुई हप्ताको अन्तरमा, मेरा श्रीमान्, मेरी आमा र म मिलेर बच्चा किन रुन्छ भनेर यस्तो चेकलिस्ट तयार पार्यौं । यो सूची यस्तो प्रकारको थियो

    १. के उसलाई भोक लागेको छ ?
    २. के उसलाई केही खाएपछि उकुसमुकुस भएको छ ?
    ३. के उसको न्याप्पी भिजेको छ ?
    ४. के उसलाई सुताउनका लागि बिस्तारै हल्लाउनु पर्छ ?
    ५. के उसको नाक बन्द छ ?
    ६. र पुनः पहिलो प्रश्नमा फर्किनुहोस्

    कहिलेकाहीँ बच्चाहरूलाई जुन सुकै तरिका अपनाउँदा पनि शान्त पार्न गाह्रो हुन्छ । सबै प्रयास असफल भएपछि म आफ्नो एक नरम निलो सलले हामी आफ्नो बच्चालाई लपक्क बेरेर मोटरसाइकलको सवारीमा निस्कने गर्छौँ । यसो गर्दा सबैको मन शान्त हुने गर्दथ्यो । संसारको कुरा सुन्ने अभ्यास एक साँझ हावाहुरी चलिरहेको थियो र एक्कासी पानी पर्न थालेपछि बाटोको छेउमा रहेको चिया पसलमा ओत लाग्नुपरेको एउटा घटना मलाई याद छ । हामी वरपरका मानिसहरूले यति सानो बच्चालाई लिएर किन हिँडिरहेको होला भनेर खासखुस गरिरहेका थिए । मैले बच्चालाई मेरो छातीमा सुरक्षित रूपमा टाँसेर राखेको थिएँ, तैपनि हामीले आफूलाई कठघरामा उभिएको महसुस गर्यौं । जति जति वर्ष बित्दै गए, जीवनको बाटोमा हाम्रो यात्रा अघि बढ्यो, ऋतुहरू परिवर्तन हुँदै गए र निकै प्रेमले पालिएका मेरो भ्रमहरु टाढिन थाले । मैले सिकेँ कि मानिसहरुले घुरिरहन्छन् भने घुरिरहुन् । मैले मानिसहरुको कुरालाई मनमा नलिन पनि सिकेँ । मैले अपरिचितहरूको टिप्पणी, उनीहरूको सल्लाह, यहाँसम्म कि उनीहरुको गालीमा पनि मुस्कुराउने बानी बसालेँ । जब बच्चाहरु आफ्नै तरिकाले संसारको अन्वेषण गर्न बाहिर निस्किए, मैले मेरो हृदय कठोर बनाएँ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि हाम्रो मानसिक सुरक्षाको लागि मैले यस्तो घर बनाउन सुरु गरेँ जुन हाम्रो गुँड होस् । जहाँ हामी सुरक्षित रहन, चर्को स्वरमा हाँस्न र आफैलाई ताजा गर्न फर्कन सक्छौं ।अभिभावक हुनुको अर्थ के हो ? अभिभावक हुनु भनेको सन्तान जन्माउनु मात्र होइन । केहि नयाँ बनाउने काम त पछि सुरु हुन्छ । पहिले धेरै चीजहरूको विनाश आवश्यक छ । तपाईंको अहंकार कुनै आवाजबिना ध्वस्त हुन्छ । गर्भधारण गर्नु अघि तपाईं जे जस्तो हुनुहुन्थ्यो, त्यसलाई बाईबाई भन्नु । भावनाबारे जे जस्तो बोध तपाईंमा छ, त्यसलाई नयाँ ढङ्गले परिभाषित गर्नु । बच्चा जन्मनु अघि हामीबीच जे जति हुने गर्दथ्यो त्यसको एउटा धमिलो स्मरण मात्रै बचाइराख्नु । अभिभावक हुनु भनेको एउटै सासमा गर्व र खुशी दुवै महसुस गर्नु हो। केही गुमाएको अनुभूति हुनु । यो अवधिमा तपाईंले के गुमाउनु भयो, त्यो भन्न गाह्रो हुन्छ । आफ्नो बाल्यकालको स्मृतिलाई तपाईंले बारम्बार अनुसन्धान गर्नुहुन्छ, यो पत्ता लगाउनका लागि कि आखिर हामी के खोजिरहेका छौँ । यो काम तपाईं ती आघात, ती डरलाई पहिचान गर्नका लागि पनि गर्नुहुन्छ, जुन तपाईं आफ्नो बच्चाको भागमा पर्न दिनुहुन्नँ । यो क्रममा तपाईं ती चोटसँग परिचित हुनुहुन्छ जसलाई तपाईंले अस्वीकार गर्दै आइरहनुभएको छ तर ती अझै आलै छन् । जब मानिस हुर्किन्छ र उसको सन्तान हुन्छ, उसको हराएको बाल्यकालले उसको चेतनाको ढोका ढकढक्याउँछ र आफ्नो उपचारको माग गर्दछ । आफ्ना सन्तान हुर्काउँदा मात्रै थाहा हुन्छ कि हामीले आफू भित्रको हराएको बच्चालाई पुनर्जीवित गर्न आवश्यक छ । मेरा छोराछोरी हुर्कदै जाँदा, घरदेखि बाहिरसम्म उनीहरूको वरपरको वातावरण कस्तो अराजक बनेको छ भनेर निगरानी गर्न आफूलाई रोक्न सक्दिनँ । उनीहरुका अुनभूतिमा नकारात्मक खबर, युद्ध र होहल्लाको बमबारी भइरहेको छ ।

    टिभी स्क्रिनबाट आउने चिच्याहट, मोबाइलमा भरिएका भिडियोहरू, ठूला(ठूला आवाजमा गरिएका कुराकानी, चित्त दुखाउने खालका टिप्पणी, दुःख पुर्याउने खालका टिप्पणी, अरूको अपमान । तिनीहरूमध्ये धेरैजसो बच्चा आफ्नो परिवेशभन्दा टाढा हुँदा हुँदै युवाको रुपमा हुर्किने गर्छन् । यस्ता युवा जसलाई कुनै पनि प्रकारको हिंसाले छुँदैन र जुन मानिसमा उनीहरु निर्भर थिए, उनीहरुलाई अपरिचित मान्न थालेका छन् । संवेदनशील बच्चाले आफूलाई आफ्नो वरिपरिको दुनियाँबाट सधैँका लागि सम्पर्क विच्छेद गर्ने गर्छन् । चिन्ता, डर र उदासीनताको यो समय हामीले आफूमाथि थोपरेका छौँ । तर आमा–बुवाको रुपमा हामीले यो बुझ्नुपर्छ कि हामी यो मामिलामा लाचार छैनौँ । आफ्नो बच्चाको बाल्यकाल जोगाउन हामीले पनि एउटा महत्वपूर्ण भूमिका निभाउनुपर्छ । केटाकेटीहरूले तपाईलाई जे गरेको देख्छन्, त्यही गर्छन्आ फ्नो जीवनको मध्यमा जब मैले अभिभावकको यात्रा सुरु गरे तब म आत्म–सुधारको कार्यक्रममा हस्ताक्षर गरिरहेकी छु भन्ने कहिल्यै सोचेकी थिइनँ । मैले केही कुरा सिकाउनु थियो, आफूले केही सिक्नु थिएन । तर अभिभावकत्वमा आफ्ना आमा–बुवाभन्दा भिन्न बाटो समात्ने इच्छा राख्नु कति सजिलो छ भन्ने मैले महसुस गरेँ तर आफ्नो सामाजिक–सांस्कृतिक पूर्वाग्रहबाट स्वतन्त्र हुन कति मुश्किल छ । आफ्नो नैतिक शिक्षाको पाठ मलाई याद थियो । चाल–चलन र संस्कारको जानकारी पनि मलाई थियो । इन्टरनेटमा जवाफ खोज्न मलाई धेरै नै आउँथ्यो । यहाँसम्म कि पेरेन्टिङका केही किताब पनि मसँग थिए जसमा विभिन्न सन्दर्भ तस्बिरसहित छापिएका थिए । तर जीवनका जुन मूल्य किताब र कक्षामा असाध्यै धेरै राम्रा लाग्छन्, त्यो वास्तविकतामा खासै प्रभावकारी हुँदैनन् । प्रत्येक क्षण तिनीहरूलाई परीक्षण र प्रश्न गर्न आवश्यक पर्छ । के ठूलाका कुरा हामीले सधैँ मान्नुपर्छ ? के शिक्षक सँधै सही हुन्छन् ? कति आइसक्रिमलाई बढी आइसक्रिम मान्ने ? के म लेहेङ्गासँग आफ्नो हवाई चप्पल लगाउन सक्छु ? आफ्नो उदाहरणमार्फत् बाटो देखाउने यो मामिलामा यो सबैभन्दा असुविधाजनक पाठ सिद्ध भएको छ । तपाईंलाई याद छ, हाम्रा अभिभावकले हामीलाई भन्ने गर्नुहुन्थ्यो, ‘ठूलो भएपछि तिमीलाई जे मन लागेको छ, त्यो गर ।’ उहाँहरुले यस्तो त पक्कै भन्नुहुन्थ्यो तर यसको अर्थ यहि नै हुँदैनथ्यो । यदि म आफ्नो बच्चा राम्रोसँग सुतुन्, स्वस्थ खाना खाउन् र सिधा तरिकाले बसुन् भन्ने चाहन्छु भने सबैभन्दा पहिला यो कुरा म आफैँले गर्नुपर्छ । उनीहरुले मैले जे गर्छु, त्यहि गर्छन्, मैले भनेको भरमा केही पनि गर्दैनन् । म आफू भने सधैँ अनलाइन बसेर बच्चाहरु भने आफ्नो कम्प्युटर लग अफ गरेर पार्कमा खेल्न जाउन् भन्ने आशा राख्न सकिँदैन । हरेक कुरा म आफैँले गरेर देखाउनु पर्छ ।बच्चाहरूले जटिल कुरा पनि सजिलै बुझ्छन्अ न्तिम कुरा, एउटा उपहारको पनि कुरा गरौँ । बालबालिकाको जीवन । यसले मेरो धेरैजसो दबाब हटाइदिएको छ । मैले सुन्नु मात्रै पर्छ । ठूलाको कुरामा झुटको जटिल जालो रहन्छ, बालबालिकाले त्यसलाई निकै सजिलैसँग देख्न सक्छन् । मेरी कान्छी छोरी चार वर्षकी हुँदा उनले भनिन्, ‘सबैजना मलाई प्रेम गर्छन् । मेरो घरमा आउने सबै पाहुना मलाई प्रेम गर्छन् ।’ ‘सुन्दा त यो कुरा निकै राम्रो लागिरहेको छ,’ मैले उनलाई भनेँ । उनको लवजमा यस्तो थियो कि जस्तो उनको मनमा कुनै समस्या होस् । ‘मलाई यो राम्रो लाग्दैन,’ उनले भनिन् । ‘तिमीलाई राम्रो किन लाग्दैन,’ मैले सोधेँ । उनले भनिन्, ‘हिजो फुपूले मसँग राम्रोसँग कुरा गर्नुभयो तर त्यसको केही समयपछि उनले आफ्नी छोरीलाई गाली गर्नुभयो । मेरी बहिनीलाई कस्तो लागिरहेको होला, त्यो सोचेर मलाई असाध्यै नराम्रो लाग्यो ।’ मैले उनलाई अँगालो हालेँ । आमा–बुवा भएको नाताले मैले एउटा मात्रै कुरा गर्नुछ, त्यो हो आफ्नो बच्चामाथि भरोसा । यसले बालबालिकाले आफैँमा आत्मविश्वासी बनाइराख्न सहयोग गर्छ । सहि के हो, न्याय के हो ? बालबालिकामा यसको बुझाइ प्राकृतिक रुपमा नै आउने गर्छ । बच्चाहरुलाई महत्व दिनेहरूलाई नै उनीहरुले हेर्छन् । हामीलाई चोट लाग्यो भने उनीहरूलाई पनि चोट पुग्छ । उनीहरुले आफू वरपरको संसार नियाल्छन् । हाम्रो सन्तान यस्तो पीढि बन्नेछन् जसले प्रेमको चिसो हावाले घृणाको बादल उडाइदिने छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑