• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक रुपैयाँ फाइदा लिएर चिनीको अवैध कारोबार

  • वीरगंज संजाल
  • ५ असार २०७९, आईतवार १२:५६
  • १७६१

    वीरगंज । रुपन्देहीको सिद्धार्थनगर र कोटहीमाईको सिमाना दुर्गौलियामा झिसमिसे नहुँदै साइकल, मोटरसाइकल र पैदलमार्फत चिनी अवैध ओसारपसार हुन्छ।क्षमताअनुसार बालबालिकाले २५ केजी, साइकलमा एक बोरा र मोटरसाइकलमा चार बोरासम्म चिनी भारतबाट नेपालतर्फ ल्याइन्छ।गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्लासमेत रहेको रुपन्देहीमा पछिल्लो समय भारत सरकारले चिनी र गहुँ निर्यातमा बन्देज लगाएसँगै सीमा क्षेत्रमा यस्ता दृश्यहरू देख्न सकिन्छ।अवैध सामान ल्याउनेलाई नियन्त्रणमा लिए पनि दवावका कारण प्रहरीले छोड्नु परेको अवस्था देखिएको छ।दैनिक उपभोग्य वस्तु, हार्डवेयर, कपडा, खाद्यान्न, मेसिनरी तथा इलोक्ट्रोनिक्स सामानहरू दुर्गौलिया मात्र होइन कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली, बनगाई नाका त्यस्तै सेमरपानी, भ्ुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनिया लगायतका नाकाबाट पनि उत्तिकै मात्रामा नेपाल भित्रिन्छन्। सीमा विन्दुमै बस्ती भएकोले दशगजा नजिकै गोदाममा भण्डारण गरेर राख्ने र त्यहाँबाट आवश्यकताअनुसार पिकअफ, मोटरसाइकलमै भैरहवाको गल्लामण्डी, मणिग्राम बुटवलसम्म पठाउने गरेका छन्।

    भारतमा किनेका मूल्यबाट प्रतिकेजी एक रुपैया फाइदा लिएर चिनी सीमा पार गरी दशगजा नजिकै रहेको गोदामसम्म ल्याइदिने गरेका छन्। भारतमा किन्नेले दशगजा पार गरी नेपालतिर रहेको गोदामसम्म ल्याइदिने गरेका हुन्। बेथरी, पिपरहिया, मैनहिया, बगहा, दुर्गौलिया, मेउडिहवा लगायतका प्रहरी चौकीको बाटो हुँदै अवैध समान भित्रिने गरेको छ। प्रहरीले केही सामान नियन्त्रणमा नियन्त्रणमा लिए पनि तस्करी नियन्त्रण भएको छैन। आफनो क्षमता र जनशक्तिले भ्याएसम्म अवैध कारोबारलाई नियन्त्रण गर्न प्रयास गरिरहेको प्रहरी अधिकृतहरू बताउँछन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने रणनीति नै रहेको बताउँछन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जिल्लामा तस्करी नियन्त्रणमै रहेको दाबी गरे। ‘खुला सिमाका कारण घरायसी प्रायोजनका लागि छिटपुट व्यवहारिक रुपमा भयो होला। तर, ठूलो मात्रामा चोरी निकासी भएको छैन,’ उनले भने। गत आइतबार सैनामैना–१० बाट ११ क्वीन्टल र बिहीबार देवदहबाट २८ क्वीन्टल चिनी जिल्ला मातहतको टोलीले गरेको छ। दैनिक रुपमा चोरी तस्करीका सामान बरामद भइरहेको डीएसपी पौडेलले भने। रुपन्देही सशस्त्र प्रहरीले पनि तस्करीका सामान नियन्त्रण गरिरहेको तथ्यांक पनि उस्तै छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश पौडेलले दैनिक रुपमा तस्करीका सामान बरामद भइरहेको जानकारी दिए।

    चिनी मात्र हेर्ने हो भने गत १४ जेठमा २३ क्वीन्टल, १२ जेठमा दुई क्वीन्टल बरामद भएको छ । यस्तै दैनिक रुपमा मातहतका प्वाइन्टहरूले अवैध सामान फेला पारी पक्राउ गरी कारबाही प्रक्रियाअगाडि बढाइएको बताए। भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा कृत्रिम अभाव सृजना गरी अस्वाभाविक मूल्यवृद्धि भएको छ। नेपाली बजारमा चिनी करिब एक सयको हाराहारीमा बिक्री भइरहेको छ। भारतमा भने चिनीको मूल्यमा वृद्धि भने भएको छैन। भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार भारतले चिनी र गहुँको निर्यात बन्द गरेसँगै आयात शून्यमा झरेको छ। आर्थिक वर्ष २०७७/०७८ मा एक करोड दुई लाख ९० हजार किलो चिनी आयात भएकोमा २०७८/०७९को वैशाखसम्म १६ लाख ८४ हजार २६९ किलो मात्र चिनी आयात भएको छ। यस्तै, २०७७/७८ मा आठ करोड १३ लाख किलो गहँ र तीन लाख ३८ हजार किलो गहुँको पिठो आयात भएको थियो। चालु आर्थिक वर्ष २०७८/७९मा ६ करोड १७ लाख केजी गहुँ र एक लाख ६० हजार केजी गहुँको पिठो आयात भएको छ।नेपाल चिनी उद्योग संघका अनुसार वार्षिक माग दुई लाख ५० हजार मेट्रिक टन छ। चालु अवस्थाका १२ वटा चिनी उद्योगले एक लाख ३१ हजार मेट्रिक टन चिनी उत्पादन गर्दै आएका छन् । कच्चा पदार्थको अभावले अहिले उद्योग ५० प्रतिशत क्षमतामा मात्र चलेका छन्।देशमा अभाव नहोस् भन्ने हेतुले भारतले ११ जेठदेखि बाह्य मुलुकमा चिनी निर्यात बन्द गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑