वीरगंज । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् । सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएकाे जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए ।
बाइडेनले उठेर आफू ठीक रहेको बताए । ह्वाइटहाउसका एक अधिकारीले उनको स्वास्थ्य ठीक रहेको र उनलाई कुनै स्वास्थ्य हेरचाह आवश्यक नरहेको बताएको न्यूयोर्क टाइम्सले समाचार लेखेको छ ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ७९ वर्षीय बाइडेन अहिले अमेरिकी राज्य डेलावेयरमा बिदा मनाइरहेका छन् । गत महिना पनि उनी सिँढीबाट झण्डै लडेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।