• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईँलाई बिजुलीको तारमा हिँडौँ हिँडौँ लाग्दैन ?

  • वीरगंज संजाल
  • ५ असार २०७९, आईतवार १०:५९
  • २०३७

    वीरगंज । जिन्दगीको ताल र सुर मिलेन भने दिमागको तारले काम गर्दैन । काम गर्न नसक्ने हालतमा पुगेको दिमागी तारमा झमेला र बोझ थपियो भने बिजुलीको तारमा चढ्न मन लाग्छ । तल झारमा समातेर वारपार गर्दासम्म मान्छेले मान्छेलाई झारपातसम्म गन्दैन । तर तारमा चढी तारै समातेर दिउँसै आकाशका तारा र तलतिर खेतबारी र भित्ताका गारा गन्न थालेपछि भने संसारै हल्लिन्छ । परिवार र वरपरका मान्छे त हल्लिने भै हाले, सरकारको दिमागको तार पनि हल्लिन्छ । तार नचढ्दासम्म रौँसमेत हल्लिन नसक्ने शक्ति तारमा चढेपछि त्यसैत्यसै बिउँतिन्छ । तारमा चढ्नेबित्तिकै संसार नै हलचल हुने गरी वारको पारसम्म छचल्किन्छ । तपाईँलाई पनि तारमा चढेर एकपटक देश दुनियाँ हल्लाउन मन छ भने एकपटक दिमागको तारमा विचारका भार थप्नुहोस् । महँगीको मारदेखि चारतिरका विचार र भारले टाउकोको तार बिजुलीको तार हल्लाउन सक्ने गरी खलबलिएको हुनसक्छ ।

    सबैभन्दा पहिले आफ्नो कमाइ र खर्चको हरहिसाब गर्नुहोस् । तलबको अङ्क हेर्न सुक्ष्मदर्शक यन्त्र नै चाहिने भैसक्यो, खर्चको आकार चाहिँ दुईवटा आँखाले दुई दिनसम्म हेर्दासमेत नभ्याइने गरी बढेको बढ्यै छ । अलि अस्तिताकासम्म कराईमा हाल्ने खाने तेल र गाडीमा हाल्ने खानीको तेलको मात्र भाउ बढेको थियो । अहिले त गाडीको ट्याङ्की, भातको कुकर र तरकारीको कराई हुँदै चियाको गिलाससम्म महँगीले भरिभराउ भैसक्यो । चिनीको भाउ मुख तीतो हुनेगरी बढ्यो । तिहारमा सेल पकाउने चलन नै हटाउनुपर्ने गरी खाने तेल महँगियो । टन्न धन भएकाले मात्रै गाडी चढ्न सक्ने गरी इन्धनको भाउ आकाशियो । आम्दानी खुम्चेको खुम्च्यै, तर खर्च गर्ने ठाउँ र मूल्य चाहिँ बढेको बढ्यै । तल भुइँमा बसेर गुजारा चलाउनै धौ धौ हुने भएपछि तपाईंलाई आकाशतिर फर्केर बिजुलीको तारमा हिँडौँ हिँडौँ लागेन ? भुइँको जग्गा बाँझो राखेमा जरिबाना तिर्नुपर्ने रे । बाँझो जमिन खन्न त हातपाखुरा बलिया भएका मान्छे गाउँमा हुनुपर्यो नि । खुट्टा लागेका युवायुवती कोही सर्टिफिकेट च्यापेर युरोप अस्ट्रेलिया छिरे, कोही घरजग्गाको पूर्जा साहुलाई बुझाएर गरेको तमसुक बोकेर खाडी पसे । हातखुट्टा गलिसकेका बुढाबुढी सकीनसकी खनजोत र खेतीपाती गर्छन् । तर बाँझो राखे जरिबाना लिन्छु भन्ने सरकार खनजोत भैसकेको ठाउँमा मल दिन सक्दैन । न बाँझो जमिन राखेर सुख छ, न खनजोत गरेर । तल भुइँमा बसेर वार न पारको यस्तो जिन्दगी भोग्नुभन्दा बिजुलीको टावर चढेर तारमा पिङ खेल्न मन लाग्दैन त ?

    दुःख खेतबारीको मात्रै हो र, भकारीसम्म उस्तै छ । भकारीमा रहेको धान र हार लगाएको मकैमा पसेर मुसाले हैरान त पारेकै थियो । घरको चोटाकोठामा कुदेर, अन्नबाली र लुगाफाटा काटेर सखाप पार्ने मुसोले मन्त्रालयतिर पनि उसैगरी हैरानी पारेछ । मन्त्रालयका कर्मचारीले लेखेको बजेटको किताब मुसाले धुजाधुजा पारेछ । अनि मुसोले जस्तो भन्यो त्यस्तै खालको बजेट बाहिर आएछ । अर्थात बजेटमा समेत मुसो आतङ्क छाएछ । बिजुलीको तार काटेझैँ करको दर छिन्नभिन्न पार्ने मुसो प्रवृत्तिको कुरो सुनेर तपाईँको दिमागको तार खलबलिएन ? देशको ढुकुटी जोगाउने जिम्मा पाएका मन्त्री ढुकुटी छिन्नभिन्न बनाउने मुसो मन्त्रालयमा छिराउँछन् । त्यही मुसोसँग उठबस गर्छन् । संस्कृति जोगाउने जिम्मा पाएका अर्का मन्त्री बातैपिच्छे जिब्रो टोक्नुपर्ने फोहर कुरा मात्रै ओकलेर डुङ्डुङ्ती गन्हाउँछन् । प्रदेशकी अर्की मन्त्री दिउँसै ‘मेरो पोई खोई’ भन्दै अर्कैको पोईको घरमा गएर उत्पात मच्चाउँछिन् । केन्द्रदेखि प्रदेशसम्म थरीथरी रुप र रङ्गका मन्त्रीको उपद्रोले प्रधानमन्त्री र गठबन्धनका नेताहरुको दिमागी तार हल्लिनुपर्ने हो । तर उनीहरुलाई चलाउँदा सरकार चाहिँ उल्टो हल्लिन्छ । सरकार जोगाउन भनेर हल्लिसकेको आफ्नै दिमागी तार समातेर कुर्सीमा झुन्डिरहेका प्रधानमन्त्री र मन्त्री सम्झेर तपाईँको तारले बिजुलीको तार सम्झाएन ?

    दिमागको तार चुँडिने चिन्ता स्थानीय र राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरमै विस्तार भैसक्यो । अस्तिसम्म एमसीसी मात्रै भनेर मान्छेहरु बुरुकबुरुक गर्थे । तपाईं हामीले पत्याएका एकथरी मान्छे भन्थे – एमसीसी ठीक छैन । उस्तै पत्यार लाग्ने अर्कोथरी मान्छे तर्क गर्थे – एमसीसी एकदम ठिक छ । एमसीसीबारे कुनचाहिँ विश्वासिलो मान्छेले भनेको कुरा ठीक हो भनेर खुट्याउन पाएको छैन फेरि तिनै मान्छेहरु एसपीपी भनेर अर्को दन्तबझानमा लागेका छन् । पुलिसका एसपी भन्ने त अलिअलि जानेबुझेकै कुरा हो । एसपीपी भनेको चाहिँ के हो फेरि ? हिजोआज एकथरी मान्छे भन्छन्, अब चाहिँ अमेरिकी सेना आउँछ । अर्कोथरी भन्छन् वाइयात कुरो । अमेरिकी दूतावास भन्छ, नेपालले तीन वर्षअघि नै प्रस्ताव गरिसक्यो हामीले स्वीकृति दिइसक्यौँ। सरकार भन्छ, प्रस्ताव नै गरेको छैन कसरी स्वीकृत हुन्छ ? सरकारको एउटा मान्छे भन्छ, एमसीसीजस्तै एसपीपी पनि सही छ, अमेरिका जाँदा प्रधानमन्त्रीले सही गर्छन् । प्रधानमन्त्री भन्छन्, सही गर्ने कुरो सही हैन । एमसीसीले दिमाग घुमाइरहेको बेला फेरि दिमागमा उसैगरी जबरजस्ती अर्को एसपीपी घुसाइदिँदा तपाईँको दिमागका तार हल्लिएनन् ? दिमागको तार हल्लिन थाले भने बुझ्नुहोस्, तपाईंले संसार हल्लाउने आत्मिक शक्ति प्राप्त गरिसक्नुभो । अब तपाईँले बिजुलीको खम्बामा चढेर तार हल्लाउँदै संसार हल्लाउने काम सुरु गर्न मात्रै बाँकी छ । तर संसार हल्लाउन बिजुलीको तारमा चढ्नुअघि तपाईंको दिमाग हल्लाउनेहरुका अनुहार सम्झेर आकाशतिर फर्केर हैन भुइँतिर हेरेर थूथू गर्न चाहिँ नबिर्सनु होला।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑