• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हेटौंडामा साइकल लेन बनाउँदा स्थानीयले किन गरे मेयर लामाको आलोचना ?

  • वीरगंज संजाल
  • ४ असार २०७९, शनिबार १३:३१
  • २३४५

    हेटौंडा । हेटौंडा बजारको पार्किङ समस्या जिउकातिउँ छ । सडक उस्तै, उत्रै छ । सडकमा गुड्ने सवारी बाहेक हेटौंडा बजार क्षेत्रमा सडक बढ्न र विकास हुन सकेको छैन । दिनहुँ बढ्दो सवारी चापले अस्तव्यस्त बनाएको हेटौंकाका सडकमा बनेको हरियो पाटामा सेतो साइकलको चित्रले राम्रो त देखिएको छ । तर यसको अर्थ के भन्ने बुझ्न कठिन नै छ । साइकलको लेनमा पार्किङ गरेर राखिएको मोटरसाइकल, अटो, ट्याम्पो लगायतका सवारीले साइकलको चित्रण गरेर बनाइएको उक्त लेनको अस्तित्व नै खलल बनाएको त छ नै । त्यसमा पनि उपमहानगरपालिकाको बजेट बालुवामा पानी जस्तै भएको भन्दै स्थानीय सरकारसँग हेटौंडाका नागरिकहरूले आक्रोश नै पोख्न थालेका छन् । सामाजिक सञ्जालमा अहिले भर्खरै निर्माण भएको साइकल लेनको चर्चा परिचर्चा हुने गरेको छ ।

    आइतबारदेखि सुरु हेटौंडाको मुख्य बजार क्षेत्रमा साइकल लेन बनाउन सुरु गरियो । हेटौंडा उपमहानगर पालिकासँगको सहकार्यमा हिमालयन राइडर्स सोसाइटीले साइकल लेन निर्माण गरेको हो । हेटौंडाको मुख्य बजार क्षेत्र बुद्ध चोकदेखि पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतर्फ साइकल लेन निर्माण गरिएको छ । ४ सय २ वर्ग मिटर बराबरको करिब ५६ वटा साइकल लेन बुझाउने सङ्केत चित्र तयार पार्ने काम काम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको ५ लाख रुपैयाँ बजेट तथा हिमालयन राइडर्स सोसाइटीको समन्वयमा साइकल लेन निर्माण गरिएका उक्त साइकल लेन ‘बाँदर को पुच्छर लौरो न हतियार’ भनेझैँ भएको भन्दै स्थानीयहरूले आलोचना गरिरहेका छन् । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको सडक छेउमा बनाइएको साइकल लेनको अहिले चर्चा चलेको छ ।

    स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा नवनिर्वाचित मेयर मीनाकुमारी लामाले सुरुवात गरेको नयाँ अभ्यास अहिले चर्चाको विषय बनेको हो । ‘ग्रिन एन्ड क्लिन सिटी’ हेटौंडामा साइकल लेनले हेटौंडाका सडकलाई थप आकर्षित बनाउनुको साथै साइकल चलाउन समेत सही गन्तव्यको रूपमा मंगलबार हेटौंडाको मुख्य बजार क्षेत्रमा साइकल लेन बनाउन सुरु गरियो । करिब ३ किलोमिटर सडकको दायाँबायाँ साइकल लेनको रेखाङ्कन गरिएको छ । लगभग २ देखि ३ दिनको बिचमा सडकका छेउमा तयार भएको साइकल लेनको उपयोग भन्दा पनि दुरुपयोगमा आएको भन्दै स्थानीयहरूले मेयरको पहिलो काम नै बालुवामा पानी खन्याए जस्तो भएको आरोप लगाएका छन् । हेटौंडा उपमहानगरपालिकाले साँघुरो सडकमा साइकल लेन बनाएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । साइकल लेनको आवश्यक छ तर साँघुरो सडकमै साइकल लेन बनाउनु उपयुक्त नभएको सर्वसाधारण बताउँछन् ।

    पछिल्लो समय हेटौंडामा साइकलको प्रयोग गर्ने क्रम बढ्दै गएको र साइकलको प्रयोगलाई संस्कृतिकै रूपमा विकसित गर्न मुख्य राजमार्ग क्षेत्रमा साइकल लेन निर्माण गर्नु महत्त्वपूर्ण भएको र आगामी दिनमा नगरका सडकहरूलाई साइकल मैत्री बनाइने नगर प्रमुख लामाले प्रतिबद्धता जनाउँदै साइकल लेनको सुरुवात गरेकी थिइन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्च दरमा भइरहेको बेला स्वास्थ्य, वातावरण र आर्थिक रूपमा सस्तो हुने साइकलको प्रयोगमा जोड दिन पनि नगर प्रमुख लामाले आग्रह गरिन् । तर साइकल लेनको रेखाङ्कन नै नसकिँदै स्थानीय स्तरबाट मेयर लामा आलोचित हुनुपर्‍यो । बजार क्षेत्रको साँघुरो सडकका कारण वर्षौँदेखि पार्किङको समस्या भोग्दै आएका हेटौंडाका नागरिकहरु पार्किङ व्यवस्थापनमा ध्यान नदिएर झन् सडक साँघुरो पार्ने काम उपमहानगरपालिकाले गरेको भन्दै आक्रोशित समेत भएका छन् । यस विषयमा मेयर लामा सँग थप जानकारी लिन खोज्दा साइकल लेनको बारेमा भन्ने नागरिकहरूलाई आफूले केही नभन्ने र धन्यवाद दिने बताइन् । ‘म यो विषयमा केही बोल्दिनँ, धन्यवाद भन्छु,’ उनले यसो भन्दै यो विषयमा थप बोल्न नपर्ने बताइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑