धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ मा पिकअप भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका वडा नं ३ मैदी जाँदै गरेको भ्यान शुक्रबार राति दुर्घटना भएको प्रहरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका ११ जनामध्ये ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय शिवकुमार श्रेष्ठ, वडा नम्बर ३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदमबहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धनबहादुर मगरको काठमाडौंको ट्रामा सेन्टरमा उपचार भइरहेको छ ।
घाइते ६ जनाको भने धादिङ अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । आफैं अनियन्त्रीत भएर भ्यान सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।