• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उत्तर प्रदेश : सैनिक भर्तीका लागि ल्याइएको योजनाको विरोध गर्ने २ सय ६० जना गिरफ्तार

  • वीरगंज संजाल
  • ४ असार २०७९, शनिबार १३:०४
  • १७४१

    वीरगंज । भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजना अग्निपथको विरोध चर्कँदै गएको छ । आन्दोलन सुरु भएको चौथो दिन आज शनिवार पनि युवाहले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् । यसैबीच उत्तर प्रदेशमा यस भर्ती योजनाको विरोध गर्ने दुई सय ६० जनालाई गिरफ्तार गरिएको राज्य प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले बताएको बीबीसी हिन्दीले जनाएको छ । जसअनुसार सबैभन्दा धेरै बलिया जिल्लामा एक सय नौ जनालाई गिरफ्तार गरिएको छ । त्यस्तै मथुरामा ७०, अलीगढमा ३०, वाराणसीमा २७ र गौतम बुद्ध नगरमा १५ जनालाई गिरफ्तार गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

    यस योजनाको विरोध उत्तर प्रदेशमा मात्रै नभएर बिहार, झारखन्ड र राजस्थानमा पनि भइरहेको छ । विरोधकै क्रममा बिहारमा नौ वटा रेलमा आगजनी भएको छ भने एक जना यात्रुको ज्यान गएको छ । यसैबीच अग्निपथ योजनाको विरोधमा चलिरहेको प्रदर्शन शान्त गर्नका लागि केन्द्रीय गृह मन्त्रालयले केही महत्त्वपूर्ण घोषणा गरेको छ । जसअनुसार असम राइफल्ससहित सबै अर्धसैनिक बल (केन्द्रीय सशस्त्र प्रहरी बल) मा हुने भर्तीमा १० प्रतिशत सिट अग्निपथ योजनाअनुसार चार वर्षको सेवा पूरा गर्ने अग्निवीर सैनिकका लागि सुरक्षित हुनेछ । यस्तै गृह मन्त्रालयले यी बलमा भर्तीका लागि पहिले नै तय भएको उमेरको सीममा अग्निवीरहरूका लागि तीन वर्षको छुट दिने घोषणा गरेको छ । यद्यपि अग्निपथ योजनाको पहिलो ब्याचका लागि उमेर छुटको यो सीमा पाँच वर्षको हुनेछ ।

    के हाे अग्निपथ याेजना ?

    नरेन्द्र मोदी नेतृत्वको सरकारले गएको मङ्गलवार भारतीय सेनामा भर्नाका लागि ‘अग्निपथ’ नामक योजनाको घोषणा गरेपछि युवाहरूले विरोध सुरु गरेका हुन् । अग्निपथ योजनामा भारत सरकारले आफ्नो तीन वटै सैन्य अङ्ग: जल, स्थल र वायु सेनाको जवान पदमा अब चार वर्ष नोकरी अवधिका लागि मात्रै भर्ना खुलाउने छ । २१ वर्ष उमेर पुगेकाले भर्ना पाउने र २५ वर्ष पुग्दा तिनले अवकाश पाउनेछन् । भर्ना भएकामध्ये २५ प्रतिशतले चौथो वर्षमा सेनाभित्र स्थायी जागिरको अवसर पाउनेछन् । बाँकी ७५ प्रतिशत सेनाबाट बाहिरिनेछन् । अवकाशपछि उनीहरूले पेन्सन पाउने छैनन् ।

    सरकारले सेनामा धेरैभन्दा धेरै युवालाई रोजगारी दिने अवसरका लागि यो योजना ल्याएको बताएको छ । तर युवाहरूले भने अग्निपथ योजनाले सेनामा भर्नाका लागि तयारी गरिरहेकाहरूकाे सपना तोडिएको बताएका छन् । कुल सुरक्षा बजेटको २५ प्रतिशत हिस्सा अवकाश प्राप्त सैनिकको पेन्सनमा खर्च गर्दै आएको भारतले यो खर्च कम गर्न अग्निपथ योजना ल्याएको धेरैको बुझाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑