वीरगंज । एन्टिबायोटिक्सबाट बचाउनका लागि थाइल्याण्डका किसानले आफ्ना कुखुरालाई भाङ खुवाइरहेका छन् । थाइल्याण्डको उत्तरमा रहेको शहर लाम्पाङमा कुखुरा फार्म सञ्चालन गरिरहेकाहरुले वैज्ञानिकको आग्रहमा पट–पोल्ट्री प्रोजेक्ट (पिपिपी) सुरु गरेका छन् ।
यो प्रोजेक्ट चियाङ्ग माई युनिभर्सिटीको कृषि विभागका वैज्ञानिकको आग्रहमा सुरु गरिएको हो । यसबारे सबैभन्दा पहिला रिपोर्ट द नेशनल थाइल्याण्डमा छापिएको थियो ।
किसानले आफ्ना कुखुरालाई एन्टीबायोटिक औषधी दिँदासमेत तिनीहरुलाई एभियन ब्रोन्काइटिस नामको रोगले समातेको बताएका थिए । त्यसपछि यी कुखुरालाई पिपिपी अन्तर्गत भाङ भएका डाइटमा राखियो । यहाँका केही फार्मसँग भाङ फलाउनका लागि लाइसेन्स छ । भाङले कुखुराको स्वास्थ्यमा कस्तो असर पर्यो भन्नेबारे उनीहरुले अब निगरानी गरिरहेका छन् ।