वीरगंज । पर्साको पकहाँमैनपूर गाउँपालिका वडा नम्बर १ धोरेमा दुई पक्षबीच बिबाद भएर कुटाकुट हुँदा एक बृद्धको मृत्यु भएको छ।टोलमा दुई पक्षबीच कुटाकुट हुँदा धोरे टोलकै ६५ बर्षीय दशई महारा चमारको मृत्यु भएको हो। बिहीबार राति मृतक चमार र महेश महारा चमारबीच कुटाकुट भएको थियो
मृतक चमारको घरमा महेशका ज्वाई आएको तथा किन आएको भन्दै बिबाद भएपछि बिबाद कुटपिटमा परिणत भएको थियो।
धोरे टोलकै बर्ष ६५ को महेश महारा चमार , उनका ५२ बर्षीय श्रीमती रम्भा देवी चमार , छोरी २५ बर्षीय मिना देवी चमार , १८ बर्षीय बबिता कुमारी र पर्साकै छिपहरमाई गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३२ बर्षीय ज्वाई अर्जुन रामको कुटाईबाट बृद्ध चमारको मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिएकुटपिटमा संलग्न भएका रम्भा देवी , मिना देवी , अर्जुन रामलाई पक्राउ गरिएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको खनालले बताए ।