वीरगंज । गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न ओली निवास बालकोट पुगेका छन् ।
नागरिकता विधेयक द्रुत गतिमा अघि बढाउने सहमतिका लागि कानुनमन्त्रीसहित गृहमन्त्री खाँण बालकोट पुगेका हुन् ।
उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूसँग पनि नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल गरेका थिए ।सरकारले बजेट पारित भएलगत्तै नागरिकता विधेयक संसद्मा लगेर द्रुत गतिमा पारित गर्ने योजना बनाएको छ ।