वीरगंज । मंकीपक्स संक्रमणको आशंकामा टेकु अस्पताल भर्ना गरिएका पुरुषमा मंकीपक्स संक्रमण नभएको पुष्टि भएको छ ।
अस्पतालमा गरिएको परीक्षणमा ती पुरुषमा मंकीपक्स संक्रमण नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सूचना अधिकारी नवराज गौतमले बताए । २७ वर्षीय ती पुरुषमा ज्वरो तथा हातमा बिबिरा देखिएका आधारमा परीक्षणका लागि टेकु अस्पताल भर्ना गरिएको थियो ।
मंकीपक्स संक्रमण नदेखिएका उनी थप परीक्षणका लागि अहिले टेकुमा नै रहेको गौतमले जानकारी दिए ।