वीरगंज । धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो। सेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अंकले ओरालो लागेर एक हजार ९७१.३८ मा झरेको हो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ अंकले ओरालो लागेर ३८१।१४ मा ओर्लेको छ।
कुल २२० कम्पनीको २३ लाख ५५ हजार एक कित्ता सेयर रु ७३ करोड ६३ लाख १२ हजार १५८ मूल्यमा खरिद बिक्री भए। शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाख ८० हजार बराबरको कारोबार भयो। नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये शुक्रबार सामूहिक लगानी कोषको मात्रै सेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको सेयर ०.०१ अङ्कले उकालो लाग्यो ।
त्यस्तै, बैंकिङ ५.०८, व्यापार ९.४२, होटल तथा पर्यटन १५.९, विकास बैंक १४.२१, जलविद्युत् १८.६९, वित्त ८.३८, निर्जीवन बीमा १८।५८, उत्पादन ८.११, अन्य ८.२, लघुवित्त १।८१, जीवन बीमा २.९४ र लगानी ०।३७ अङ्कले उकालो लाग्यो ।