वीरगंज । राष्ट्रिय सभाबाट विनियोजन विधेयक बहुमतले स्वीकृत भएको छ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहु्मतले स्वीकृत भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार विधेयकमाथि छलफलका लागि असार ६, ७ र ८ गतेको मिति तोकिएको छ । मन्त्रीहरुको जवाफका लागि असार ९ र १० गतेको मिति निर्धारण गरिएको उनले बताए ।
राष्ट्रिय सभाको अर्को बैठक असार ५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।