वीरगंज। लमजुङ, म्याग्दी र तनहुँमा बाढी पहिरोका कारण सडक अवरुद्ध भएको छ । लमजुङ, बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ ।
म्याग्दी, रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरोध भएको छ ।
अस्थायी प्रहरी पोष्ट तिप्ल्याङबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।तनहुँ, शुक्लागण्डकी नगरपालिका–७ स्थित बेलचौतारा–भिमाद भित्री सडकखण्डको स्याउली बजारमा नयाँ बनाउँदै गरेको रोडमा वर्षाको कारण खाडल परी गएराति सडक अवरुद्ध भएको छ ।