चर्कदो गर्मीसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु हुन्छ । एकातिर घामको राप, अर्कोतिर तातो हावा । यस्तो गर्मीमा ‘लू’ को समस्या हुन्छ । यो गर्मी मौसमको बिरामी हो । मौसमी समस्या भएकाले लू जसलाई पनि लाग्न सक्छ । खासगरी तराई क्षेत्रमा लूबाट बच्न सर्तकता अपनाउनु पर्छ । लूको कारण ज्यान जान पनि सक्छ ।
किन लाग्छ लू ?
गर्मीको कारण धेरै पसिना बग्छ । शरीरमा नुन र पानीको कमी हुन्छ । यसले शरीरको रगतमा तापमान बृद्धि गर्छ । शरीरमा पानीको मात्रा कमी हुनु लू लाग्ने एउटा कारण हो ।के हुन्छ समस्या ?
जब शरीरमा पानी र नुनको मात्रा घट्छ, रगतको तापमान बढ्छ, टाउको भारी हुन्छ । नाडीको गति बढ्छ । रगतको गति पनि तिब्र हुन्छ । श्वासप्रश्वासको गति असामन्य हुँदै जान्छ । हात, खुट्टा र तालुमा जलन बढ्छ । आँखामा पनि जलन बढ्छ । यसले गर्दा अचानक बेहोस हुन्छ र मृत्यु हुन पुग्छ ।
कसरी जोगिने त ?
–पटक–पटक पानी पिउने, खाली पेट नबस्ने, बाहिर निस्कदा टाउको, कान र गर्दन ढाक्ने तौलिया ओड्ने, प्याजको रस खाने)
– संभव भएसम्म मध्यन्हको चर्को गर्मीमा घर बाहिर निस्कनु हुँदैन । यदि घरबाहिर जान परे टाउको र गर्दनमा तौलियाले ढाक्नुपर्छ ।
– पटक पटक पानी पिउनुपर्छ, ताकि शरीरमा पानीको अभाव नहोस् ।
– गर्मीको समयमा सुपाच्य खानेकुरा खानुपर्छ । बाहिर गएको बेलामा खाली पेट हुनुहुन्न ।
– नरम, मुलायम सूतीको कपडा लगाउनु पर्छ ।
– चिसो खानेकुराको सेवन गर्नुपर्छ । मौसमी फलको सेवन एकदमै लाभदायक हुन्छ ।
– यतिबेला प्याजको सेवन पनि राम्रो हुन्छ ।