• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा देखिए मंकीपक्सका शंकास्पद संक्रमित : कति घातक बन्ला ?

  • वीरगंज संजाल
  • २ असार २०७९, बिहीबार २०:११
  • २१३३

    वीरगंज । अमेरिका तथा युरोपेली मुलुक हुँदै पछिल्ला दिनहरूमा विश्वका विभिन्न देशमा मंकीपक्स संक्रमण फैलँदो क्रममा छ । कोभिड–१९ महामारीको जोखिम नसकिँदै अर्को सरुवा रोगको फैलिनुले विश्व स्वास्थ्यमा अर्को भय पैदा गरेको छ । नेपालमा पनि आज (बिहीबार) दुबईबाट आएका एक २७ वर्षीय एक पुरुषमा मंकीपक्सका लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार १४ जुनसम्म ३९ देशका १ हजार ६०० जनामा मंकीपक्स संक्रमण पुष्टि भएको छ । ७ वटा देश पहिलेदेखि नै मंकीपक्स प्रभावित हुन् भने ३२ वटा नयाँ प्रभावित देश छन् ।
    नेपालमा यसअघि सन् १७९० देखि देखिएको बिफरले महामारीको रूप लिँदै सन् १९७५ मा मात्रै उन्मूलन भएको इतिहासका जानकारहरू बताउँछन् । बिफरकै एउटा प्रजातिको रूपमा देखा परेको मंकीपक्स संक्रमण फैलिएमा महामारी फैलिएला ?

    कति घातक ?
    मानिसमा ‘मंकीपक्स’ नामक भाइरसबाट हुने एक प्रकारको संक्रमण हो, मंकीपक्स । विश्व स्वास्थ्य संगठनले यसलाई स्मलपक्स बिफरकै एउटा प्रजाति भएको जनाएको छ ।
    मंकीपक्सको लक्षण देखिनेदेखि निको हुनेसम्मको अवधि ५ देखि २१ दिनसम्म रहने संगठनले जनाएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनकाअनुसार यसका लक्षण दुईवटा चरणमा देखिन्छन्, सुरुवाती चरणमा व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन् भने दोस्रो चरणमा बिमिरा आउने, विस्तारै बिमिराहरू पानी फोकाको रूपमा परिणत हुने र केही दिनपछि सुकेर जाने हुन्छ । दुबईबाट आएका मंकीपक्सका शंकास्पद संक्रमित टेकु अस्पताल भर्ना
    मंकीपक्स संक्रमणबाट हुने बिमिरा अनुहारमा पहिले देखिन्छ र विस्तारै शरीरका विभिन्न भागमा फैलिँदै जान्छ । विशेषगरी, टाउको, हत्केला, पैतालाजस्ता भागमा यस्ता बिमिरा धेरै देखिन्छ र केही दिनपछि आफैँ निको भएर जान्छ । तर, केही व्यक्तिमा भने यसले इन्सेप्लाइटिस, निमोनियाजस्ता जटिलता पनि निम्त्याउन सक्ने डा. पुन बताउँछन् । यद्यपि, मंकीपक्सले सिकिस्त बनाउने र अस्पताल भर्ना हुने सम्भावना कम रहने विश्व स्वास्थ्य संगठनले जनाएको छ । मंकीपक्स संक्रमित १० मध्ये एकजनाको मृत्यु हुनसक्ने संगठनले जनाएको छ ।

    यस्तो छ मंकीपक्सको इतिहास
    विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९७० मा कंगोबाट सुरु भएको मंकीपक्स संक्रमण सोही वर्ष १० वटा अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा अफ्रिकी मुलुकहरूबाट आयातित कुकुरहरूको माध्यमबाट अमेरिकामा यो संक्रमण फैलिएको थियो ।सन् २०१७ मा नाइजेरियमा फैलिएको मंकीपक्सबाट १७२ जना संक्रमित भएका थिए । तीमध्ये ७५ प्रतिशत २१ देखि ४० वर्षसम्म्का युवा थिए । संगठनका अनुसार पछिल्लो पटक फैलिएको मंकीपक्स १४ जुनसम्म आइपुग्दा ३९ देशका १ हजार ६०० जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ५०० जना शंकास्पद संक्रमित छन् । कसरी सर्छ ?मध्य तथा पश्चिम अफ्रिकी मुलुकका ग्रामीण भेगमा मंकीपक्स आम रोगको रूपमा देखापर्दै आएको छ । उष्ण प्रदेशतिरका बस्तीमा यो संक्रमण धेरै देखिने गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । यूके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार संक्रमित व्यक्तिको नजिकमा रहेका व्यक्तिमा श्वासप्रश्वास, आँखा, र्‍याल, सिँगान, रगतको माध्यमबाट यो संक्रमण सर्छ । एजेन्सीका अनुसार मंकीपक्स संक्रमण यौन सम्पर्कबाट सरेको अहिलेसम्म रेकर्ड नभए पनि व्यक्तिसँग शारीरिक रूपमा नजिक रहँदा सर्ने सम्भावना बढी रहन्छ । संक्रमित बाँदर, मुसा, लोखर्केजस्ता जनावरहरूसँग नजिक रहेका व्यक्तिमा मंकीपक्स सर्ने सम्भावना उच्च रहन्छ । हालसम्म मंकीपक्स विरुद्धको खोप बनेको नभए पनि स्मलपक्सविरुद्ध बनेको पछिल्लो खोपले काम गर्ने संगठनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑