वीरगंज । सशस्त्र प्रहरीले एक लाख रुपैयाँ नक्कली नोटसहित एकजना भारतीय नागरिकलाई रौतहटबाट पक्राउ गरेको छ । रौतहटको बोधिमाई नगरपालिका ७ स्थित बंकुल बजारबाट बिहीबार एक लाख एक हजार नक्कली नोटसहित भारतको जिल्ला बदायु ग्राम पंचायत घर बताउने २३ वर्षिय संजय सक्सेनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बीओपी सरमजुवाबाट खटिएको सशस्त्र प्रहरीले सक्सेनालाई शंका लागि जाँच गर्दा उनको साथमा नक्कली नेपाली १ हजार दरको नोट ५० वटा, भारतीय नक्कली नोट २ हजार दरको २३ वटा र ५ सय दरको १० वटा फेला पारेको हो ।