वीरगंज । नेपालका सबै चिया उद्यमीहरू बुटवलमा भेला हुने भएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भोलिदेखि बुटवलमा आयोजना गर्न थालेको बृहत राष्ट्रिय चिया प्रदर्शनीमा भाग लिन चिया उदेमीहरू बेलामा भेला हुन लागेका हुन् ।
नेपाली चियाको प्रवर्द्धन गर्न भन्दै नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमै पहिलोपटक बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्न लागिएको हो ।चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ/संस्थाहरू, एसोसिएसन लगायतसँगको सहकार्यमा बोर्डले आगामी भोलिबाट दुईदिन बृहत चिया प्रदर्शनी आयोजना गर्न लागिएको हो ।प्रदर्शनीको पूर्वसन्ध्यामा बुटवलमा बोर्डले पत्रकार सम्मेलन गर्दै प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै बार्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय जगतमा नेपाली चियाको माग धरै भएपनि नेपालमा चियाको महत्व बुझाउन प्रदर्शनी गर्न थालिएको बताए ।बुटवलको एक होटल परिषरमा हुने प्रदर्शनीमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनीका साथै नेपालमा उत्पादित विभिन्न ब्रान्डाका चियाको निःशुल्क स्वाद लिन पाइने बोर्डका कार्यकारी निर्देशक चन्द्र पुरीले जानकारी दिए ।