वीरगंज । चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी युवतीको शव बाघले खाएको अवस्थामा फेला परेको छ।भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्ष पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहान ७ बजे स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघले लगेको थियो ।
उनलाई खोज्ने क्रममा मध्याह्न १२ बजे बाघले खाइरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।बाघ धपाउन सेनाको टोलीले ५ राउन्ड हवाई फायरसमेत गरेको थियो।बस्नेतको टाउको र छातीको भाग बाघले खाइसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
बिहीबार बिहान राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित ९–१० जना महिला निउरो टिप्न गएका थिए ।इलाका प्रहरी कार्यालय दिब्यनगर, इलाका प्रहरी कार्यालय फूलवारीबाट प्रहरी तथा खड्क दल गणबाट सेनाको टोलीले बस्नेतको खोजी गरेको थियो।