• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बुटवलमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या

  • वीरगंज संजाल
  • २ असार २०७९, बिहीबार १५:५२
  • ४०१७

    वीरगंज । बुटवलमा विद्यालयका पाठ्यपुस्तकको अभाव देखिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको तीन साता भइसक्दा समेत विद्यार्थीले विभिन्न पुस्तक पाउन सकेका छैनन् । बुटवल उपमहानगरले लागू गरेको स्थानीय पाठ्य पुस्तक ‘आवर बुटवल’ समेत बजारमा अभाव छ । कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम अनुसार पढाइ हुने उक्त पुस्तक १ सय पूर्णाङ्कको हो ।उक्त पुस्तक छपाइका लागि नगरपालिकासँग सम्झौता गरेको छापाखानाले अझैसम्म पर्याप्त मात्रामा उपलब्ध गराउन सकेको छैन । बुटवलका विद्यालयमा कक्षा १, ४, ५ र ७ का धेरै विद्यार्थीले उक्त पुस्तक नपाएको बताएका छन् ।बुटवलको मजुवा बस्ने आरती खड्का आफ्ना बच्चाका लागि पुस्तक खरिद गर्न बुटवलको जेसिस चोकमा ७ पटकसम्म आएको बताउँछिन् । ‘कहिले पुस्तक आउँछ भन्छन् बच्चाहरू, यता कहिले कुन पसल, कहिले कुन पुस्तक गर्दा आजसमेत गर्दा ७ पटक भयो, तर अझैसम्म पुस्तक पाउन सकेको छैन,’ उनले भनिन् ।पुस्तक व्यवसायी संघ लुम्बिनी प्रदेशका सचिव केशव श्रीसले बुटवल उपमहानगरले लागू गरेको स्थानीय पाठ्यक्रमअनुसारको पुस्तक पूरा नछाप्दा अभाव देखिएको बताउँछन् । उनले दैनिक रूपमा ‘आवर बुटवल’ पुस्तक खोज्दै अभिभावकहरु आउने गरे पनि दिन नसकिएको बताए ।

    कक्षा ४, ७ र ५ को ‘आवर बुटवल’ पुस्तक अझैसम्म नछापेको पुस्तक व्यवसायीहरु बताउँछन् । अन्य कक्षाको पुस्तक पनि आवश्यकता अनुसार नपाउँदा विद्यार्थी र अभिभावकले दुःख पाएको श्रीस मगरको भनाइ छ ।यता बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी भने प्रेसले पुस्तक बजार पठाएको जानकारी आफूहरुलाई दिएको बताउँछन् । उनले पुस्तकको अभाव भएको भए बजारमा पठाउनका लागि पहल गर्ने बताए ।बुटवल उपमहानगरपालिकाको स्थानीय पाठ्यक्रममात्रै होइन, जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशनका पुस्तक पनि बजारमा अभाव छन् । सामुदायिक विद्यालयका विद्यार्थीहरूले कक्षा ४, ७, ९ का पुस्तक अझै पाएका छैनन् । अन्य कक्षाको पुस्तक पनि पर्याप्त मात्रामा बजारमा आएको छैन ।कालिका माविका प्रधानाध्यापक दिनेश थापाले विद्यार्थीहरूले पूरा पुस्तक नपाउँदा समस्या भएको रातोपाटीलाई बताए । उनले नयाँ करिकुलम अनुसार कक्षा ४, ७, ९ का विद्यार्थीले नेपाली र अंग्रेजी विषयको पुस्तकबाहेक अधिकांश पुस्तक नपाएको बताए ।बुटवल उपमहानगरपालिका–५ मा रहेको ज्ञानोदय माविका शिक्षक गोकर्ण ज्ञवालीले कक्षा ४ को अंग्रेजीबाहेक धेरै पुस्तक विद्यार्थीको हातमा नपरेको बताए । उनले मोबाइलबाट करिकुलम अनुसारको पुस्तक डाउनलोड गरेर पढाउने गरेको तर विद्यार्थीलाई प्राक्टिकल भने नगराएको जानकारी दिए ।‘विद्यार्थीको हातमा पुस्तक छैन, म आफै पुस्तक खरिद गर्न हिँडेको छु,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी विद्यार्थीलाई पढाउने ?’सरकारी विद्यालयमा जेठ ३ गतेबाट पठनपाठन सुरु भएको छ । पुस्तक अभावका कारण धेरैजसो विद्यालयका अधिकांश कक्षामा राम्रोसँग पढाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ ।

    बुटवलको कालिकानगरस्थित अन्नपूर्ण पुस्तक पसलका सञ्चालक हरि अर्यालले माग अनुसार जनक शिक्षा सामग्री केन्द्रले पुस्तक नदिँदा समस्या भएको बताए । उनले २ सय सेट पुस्तक मागेकोमा ५० सेटमात्र पाएको जानकारी दिए ।‘विद्यार्थी र अभिभावकहरू पुस्तक दिएन भनेर किचकिच गर्ने गर्दछन्,’ उनले भने, ‘तर हामीलाई जनक शिक्षा सामग्री केन्द्रले पुस्तक नै निकै कम पठाउँछ, दैनिक धाउँदाधाउँदा म आफै पनि हैरान भइसकेँ ।’जनक शिक्षा सामग्री केन्द्र बुटवलका प्रमुख भैरवबाबु पन्तले भने पुस्तक अभाव नभएको दाबी गरे । रातोपाटीसँग उनले भने, ‘व्यवसायीहरूले पुस्तक पाएका छैनन् भने मलाई भन्नु प¥यो नि ! हामीले पठाएका छौं ।’उनले एक चरण जिल्लाहरूमा पुस्तक पठाएको बताए । अपुग भएको ठाउँमा फेरि पनि पुस्तक पठाउने तयारी भइरहेको उनको भनाइ छ । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली भने जनक शिक्षाको लापरवाहीका कारण पुस्तकको अभाव भएको बताउँछन् ।‘कक्षा सुरु भएको छ तर विद्यार्थीको हातमा पुस्तक छैन,’ उनले भने, ‘यसले विद्यार्थीहरूमा मनोवैज्ञानिक असर परेको छ ।’ पुस्तक समयमा उपलब्ध गराउने विषयमा बुटवल उपमहानगरपालिका र जनक शिक्षा उस्तैउस्तै भएको उनको बुझाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑