• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चार आईजीपी फेरिए, ४७ महिना बित्यो, भेटिएनन् निर्मलाका हत्यारा

  • वीरगंज संजाल
  • २ असार २०७९, बिहीबार १३:१०
  • १७१३

    वीरगंज । ४७ महिनासम्म पनि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न प्रहरी असफल भएको छ । हत्यारासम्म पुग्ने ‘क्लु’ नपाउँदा प्रहरीले अनुसन्धानमा सफलता पाउन नसकेको हो । ०७५ साल साउन १० गते निर्मलाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेको थियो । साथीको घरमा ‘नोटबुक’ लिन गएकी निर्मला साँझसम्म घर नफर्किएपछि उनको खोजी सुरु गरिएको थियो । खोज्दै जाँदा उनको शव घरभन्दा एक किलोमिटरको दूरीमा रहेको उखुबारीमा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट र प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीले ०७५ भदौमै भीमदत्त नगरपालिका–१९, बाँगफाँटाका ३९ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तक रूपमा सार्वजनिक गरेको थियो । तर, उनको डीएनए निर्मलाको शरीरबाट निकालिएको स्वाबसँग मेल नखाएपछि उनी छुटेका थिए ।

    दिलीपलाई पक्राउ गरेपछि प्रहरीले निर्दोषलाई फसाउन खोजेको भन्दै स्थानीयले आन्दोलन गरेका थिए । सो आन्दोलनमा प्रहरीको गोली लागेर स्थानीय शनि खुनाको ज्यान गएको थियो । घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष तत्कालीन सरकारले गठन गरेको समितिले निकालेको थियो । तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओली थिए । नेपाली कांग्रेसका नेता–कार्यकर्ताले सत्तापक्षले अपराधी लुकाउन खोजेको आरोप लगाएका थिए । अहिले कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री छन् । प्रहरी अधिकारीले तत्कालीन समयमा स्थानीयले गरेको आन्दोलनका कारण अनुसन्धानमा बाधा पुगेको बताउँदै आएका छन् । निर्मला हत्याकाण्डका पछिल्ला ४७ महिनामा चार आईजीपी समेत फेरिइसकेका छन् । सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली र शैलेश थापा क्षेत्रीले अवकाश पाइसकेका छन् । अहिले प्रहरीको नेतृत्व धीरजप्रताप सिंहले सम्हालिरहेका छन् । अनुसन्धानका लागि सुरुवाती समयदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली कञ्चनपुरमा छ । अनुसन्धानका क्रममा प्रहरीले हालसम्म ६३१ जनामाथि सोधपुछ गरेको छ । १०७ जनाको डीएनए परीक्षण समेत भएको छ । बुधबारको संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले निर्मला बलात्कार तथा हत्या घटनामा अझै अनुसन्धान जारी रहेको बताएका थिए । गृहमन्त्री खाँणले धेरैजनालाई अनुसन्धानको दायरामा राखिएको भन्दै कुनै घटनामा अपराधी पत्ता लाग्न समय लाग्ने बताएका थिए ।

    घटना अनुसन्धानमा संलग्न अधिकारी र यसअघि जिल्लामा गएर अनुसन्धान गरेका प्रहरी अधिकारीहरू निर्मला हत्याकाण्डको अनुसन्धान जटिल बन्दै गएको बताउँछन् । उनीहरू सुरुवाती समयमा अनुसन्धानका लागि सरकार र विभागले पर्याप्त मात्रामा स्रोतसाधन समेत नदिएको गुनासो गर्छन् । एक अधिकारी भन्छन्, “कतिपय शंकास्पद व्यक्तिबारे बुझ्न भारत पनि जानुपर्ने हुन्छ । यसका लागि आर्थिक व्यवस्थापन हुँदैन । सुराकी परिचालनमै समस्या छ । त्यसमाथि म्यानुअल रूपमै अनुसन्धान गर्नुपर्ने भएकाले झनै कठिन छ । यस्तै हो भने यो घटनाका अभियुक्तसम्म प्रहरी कहिल्यै नपुग्न सक्छ ।” प्रहरीले अनुसन्धानका क्रममा लागुऔषध दुर्व्यसनीमा संलग्न व्यक्ति, विभिन्न अपराधिक पृष्ठभूमिका अनैतिक क्रियाकलापमा संलग्न, छिमेकीलगायत व्यक्तिलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले नेपाली सेनामाथि पनि निगरानी गरेको थियो । सेनाका केही कर्मचारीको डीएनए परीक्षण समेत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑