• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सातवटै प्रदेशको बजेट सार्वजनिक, कुनको कति ?

  • वीरगंज संजाल
  • २ असार २०७९, बिहीबार १०:५६
  • २८८१

    वीरगंज | सातवटै प्रदेशले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् ।

    १, प्रदेश १
    प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् ।

    प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।

    समपूरक अनुदान ९२ करोड र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख प्राप्त हुनेछ। बाँकी रकम मौज्जाद र वैदेशिक अनुदान मार्फत उपलब्ध हुने आङ्बोले बताए ।

    २. मधेश प्रदेश
    मधेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गर्दै चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरिएको बताए ।

    वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।

    ३. बागमती प्रदेश
    बागमती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ। बजेट चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ ।

    प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शाकिराम जम्मकट्टेलले प्रस्तुत गरेको बजेट अनुसार चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

    प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिति कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान छ ।

    ४. गण्डकी प्रदेश
    गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभामा पेस गरे ।

    चालु आर्थिक वर्षमा भन्दा करिब ६ अर्ब बढी बजेट ल्याएका गण्डकी प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ ५० करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड रुपैयाँ छ ।

    आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड, विशेष अनुदानतर्फ ८६ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ ।

    ५. लुम्बिनी प्रदेश
    लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ । जुन चालु वर्षको भन्दा करिब दुई खर्ब रुपैयाँ बढी हो ।

    आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काद्वारा प्रस्तुत बजेटमा दाङको राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, रामपुर–रोल्पा सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर बजेट विनियोजन गरिएको छ ।

    ६. कर्णाली प्रदेश
    कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गर्दै पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ र चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको जानकारी गराए ।

    वित्तीय हस्तान्तरणतर्फ ४ अर्व १ करोड ५७ लाख २९ हजार अर्थात १२.३१ प्रतिशत बजेट विनियोजन गरिएको छ।

    ७. सुदूरपश्चिम प्रदेश
    सुदूरपश्चिम प्रदेश सरकारले ३६ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै चालु खर्चतर्फ १२ अर्ब २९ करोड र पुँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड ४७ लाख विनियोजन गरिएको बताए ।

    वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो
  • नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक
  • साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्
  • रोशनी शाही मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    News

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    News

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    News

    रोशनी शाही मृत फेला

    News

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑