• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जथाभावी अरुको फोटो-भिडियो राख्ने अब होसियार

  • वीरगंज संजाल
  • २ असार २०७९, बिहीबार ०२:००
  • २३७७

    बिरगंज । फेसबुकमा भिडियो राख्ने जस्ता प्रवृत्ति मौलाएको छ । आफ्नो मनोञ्जनका लागि अरुको भिडियो जथाभावी राख्दा के हुन्छ रुसम्भवतः प्रयोगकर्ताहरु अनभिज्ञ छन् । अरुको अनुमति नलिई जथाभावी खिचिएका भिडियो यसरी सामाजिक सञ्जालमा अपलोड गर्नु ‘अपराध’ मानिन्छ । ‘यो विद्युतीय अपराध हो,’ सामाजिक सञ्जाल विज्ञ विजय लिम्बू सेनिहाङ भन्छन्, ‘यस्तो कृत्य गर्नेलाई दण्ड जरिवानाको सजाय हुन्छ ।’

    कुनै व्यक्तिको फोटो भिडियो उसको अनुमति बिना हाल्यो भने उसको गोपनीयता भंग हुन सक्छ । जसरी कसैको घरमा बिना अनुमति पस्न पाइँदैन, त्यसरी नै कसैको अनुमति बिना उसको फोटो भिडियो पनि राख्न नपाइने सेनिहाङले बताए ।

    कसैको अनुमति बिना उसको फोटो भिडियो फेसबुक तथा टिकटकमा राख्न पाइँदैन भन्ने भन्ने कानुन छ । तर यो कानुनको विषयमा कमैलाई मात्र थाहा छ । उनी भन्छन्, ‘यस्तो तस्वीर र भिडियो सामाजिक सञ्जालमा राख्न पाइन्छ, यस्तो पाइँदैन भन्ने जानकारी सरकारी स्तरबाटै दिनु जरुरी छ । यो विषयमा थाहा नभएका कारण नै यस्ता समस्या बढिरहेको छ ।’

    एक वर्ष जेल, १० हजार जरिवाना

    अर्काको कुनै पनि व्यक्तिगत तस्वीर र भिडियो सामाजिक सञ्जालमा राख्नुअघि उसलाई सोधिएन भने उसको गोपनीयताको हनन् हुने महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनाली बताउँछन् ।

    मुलुकी अपराध संहिता ऐन २०७४ को भाग(३ मा व्यक्तिगत गोपनीयता र प्रतिष्ठा विरुद्धको कसुर छ । अनुमति बिना कुनै पनि व्यक्तिको फोटो भिडियो खिच्न वा स्वरूप बिगार्न नहुने भन्ने उल्लेख छ । यस्तो कसुर गर्ने र गराउने व्यक्तिलाई एक वर्षसम्म कैद १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भन्ने उल्लेख भएको मैनालीले बताए ।

    ‘यो विषयमा अहिलेसम्म धेरै उजुरी त परेको छैन । तर यो विषयलाई साइबर ब्युरोले पनि हेर्ने भएकाले उता पनि उजुरी परेको हुनसक्छ ।’

    कानुनमा यस्तो छ व्यवस्था

    आफ्नो व्यक्तिगत भिडियो त छँदैछ, अरूको भिडियो समेत खिचेर थाहै नदिई हालिदिने प्रवृत्ति छ यो अपराध हो भन्ने कुराको ज्ञान नै धेरैलाई छैन । कुनै पनि सार्वजनिक स्थलको फोटो भिडियो खिच्दा कोही व्यक्तिको फोटो आयो भने त्यसलाई भने कसुर मानिंदैन । तर कुनै व्यक्तिलाई लक्षित गरेर फोटो भिडियो खिच्न र त्यसलाई तोडमोड गरेर अपलोड गर्न पनि नपाइने अधिवक्ता प्रवीन भण्डारी बताउँछन् । ‘यो प्रतिलिपि अधिकार विपरीत र गोपनीयताको कसुर हो ।’

    यस्तो कसुर गर्ने र गराउने व्यक्तिलाई एक वर्षसम्म कैद १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भन्ने उल्लेख छ । तर विद्युतीय माध्यमबाट कसैको गोपनीयता भंग गर्दा भने दुई वर्षसम्म कैद र २० हजारसम्म जरिवाना वा दुवै सजाय हुने उनले बताए ।

    यो व्यक्तिवादी फौजदारी हो । त्यसैले यसको उजुरी गर्न आरोप पत्र लिएर अदालत नै जानुपर्ने भण्डारी बताउँछन् । ‘यस किसिमको अपराध व्यक्तिवादी हो भने आफैंले प्रमाण जुटाउनुपर्छ प्रहरीले मद्दत गर्दैन, सरकारवादी हो भने मात्र प्रहरीकहाँ जाने हो ।’

    जथाभावी अरूको फोटो भिडियो खिचेर हाल्नु हुँदैन भनेर कानुनमा नै भनिएको छ । तर यो विषयमा धेरैलाई जानकारी छैन, त्यसैले यस विषयमा धेरै जनचेतना र चेतना जरुरी छ ।

    शाभार:- दिशा निर्देश

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑