वीरगंज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दिउँसो धुवाँको ठूलो कालो मुस्लो देखियो ।
वायुयान दुर्घटना भई आगलागीपछि धुवाँको मुस्लो आएको जस्तो देखियो । दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । उद्धार, उपचार र व्यवस्थापनमा सुरक्षाकर्मी परिचालित थिए । विमानस्थल संकटकालीन योजनामा हवाई उडान सेवासँग सम्बद्ध विभिन्न निकायहरूको सहभागिता थियो ।
‘दुर्घटना’पछि उद्धारको दृश्य देखिरहँदा हवाई सेवा प्रभावित भयो । दिउँसो ३ देखि साढे ३ बजेसम्म उडान तथा अवतरण सेवा अवरुद्ध भयो । हवाई सेवा लिने सेवाग्राही प्रभावित बने । तर, सुखद पक्ष यो ‘दुर्घटना’बाट विमानमा कुनै क्षति पुगेन । जनधनको क्षति भएन । कसैमा डर, त्रास देखिएन ।