वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीको चापलाइ मध्यननजर गरि कार्यालय समय थप गरेको छ ।
बुधबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले पासपोर्ट (राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेकाले ती दुवै सेवाका लागि समय थप गरेको हो । ती दुवै सेवाका लागि सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान ९ बजे देखि साँझ ५.३० बजे सम्म कार्यालय खुल्ला रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जारी गरेको सुचनामा सेवाग्राहीको चाप बढेकाले त्यसैलाइ मध्यनजर गरि पासपोर्ट (राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने सेवा प्रवाहको समय थप गरिएको उल्लेख छ ।