काठमाडाैँ । बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा बडिगाड गाउँपालिका-२ का ३२ वर्षीय छविलाल बलामी रहेका छन्।
स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा उनकाे मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए। बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएकाे वडाध्यक्ष शेरचनले बताए।
विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन्। यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन्।