वीरगंज । बिल विजक भन्दा बढी बिभिन्न किसिमका खुद्रा सामान तथा लत्ताकपडाहरू बोकेकोसूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्सा को मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले मिति जेष्ठ ३० गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्क
सडकखण्डमा ना.६ ख ९९९५ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक विनाका विभिन्न किसिमका कपडाहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू.५१,९६,५५६।- (एकाउन लाख छयान्वे हजार पाँच सय छपन्न )
मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति जेष्ठ ३१ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ भनि जानकारी जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।