• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जानकी मन्दिर भ्रष्टाचारीको अखडा : महन्थ दास

  • वीरगंज संजाल
  • १ असार २०७९, बुधबार ११:४१
  • ३२३३

    वीरगंज । जानकी मन्दिर भ्रष्टाचारीको अखडा बनेको मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले आरोप लगाएका छन् । मधेश सरकारले मन्दिरमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत गरेको काममा भ्रष्टाचार भएको उनले जिकिर गरेका छन् । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरको प्राङ्गणमा लगाइएको टाइल्स एक बर्ष नहुँदै फुटन थालेको जानकारी दिँदै महन्थ दासले डेढ सय बर्ष पहिला लगाइएको टाइल्स फुटाएन तर, सरकारले लगाएको टाइल्स फुट्न लागेको बताए । ‘अहिले नै सबै तिरको टाइलस टुक्रा टुक्रा भइसकेको छ । सबै राम्रो समान हटाएर नराम्रो लगाइदिएको छ,’उनले भने–‘सबभन्दा बढी भ्रष्टाचार जानकी मन्दिरमा आएर गर्छन् । ठेकेदार, नेता र काम गर्ने मान्छेहरु ।’ मन्दिरमा सरकारका निकायहरु विना छलफल मनमौजी काम गर्ने गरेको उनको गुनासो छ । उनले निर्माणको क्रममा यस्ता गुणस्तरहीन कामलाई रोक्ने प्रयास गरेपनि कसैले नटेरेको बताए । मन्दिरमा सजाउन लगाइएको विद्युतीकरणमा पनि अनियमितता भएको उनले उल्लेख गरे ।

    मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयवाट सिधै वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को माध्ययमवाट ११ करोडको लागतमा गरिएको विद्युतीकरणले मन्दिरलाई वर्वाद पार्न तिर लागिएको उनको आरोप थियो । उनले मन्दिरको चारै तिर ड्रिल गरी गरिएको विद्युतीकरणले सुर्खी चुनाले बनेको मन्दिरलाई धरासायी बनाउने प्रपंच रचिएको उनले बताए । उनले भने–‘सुर्खीचुनाले बनेको पर्खालमा ड्रिल जहाँ जहाँ गरिएको छ, त्यहाँवाट पर्खालहरु झर्ने काम अव शुरु हुन्छ र यो मन्दिर प्रतिको षडयन्त्र रहेको छ । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल थालिएको छ त्यो सकारात्मक रहेको बताउँदै महन्थ दासले मन्दिरको परम्परालाई यथावत राखिए मञ्जुर हुने नभए मञ्जुर नहुने बताएका थिए । मन्दिरको आम्दानीको स्रोत भनेको विवाहमण्डप, म्युजियम र भेटी रहेको बताउँदै महन्थ दासले मन्दिरको आम्दानीको स्रोतलाई विकास निर्माणको नाममा तहसनहस गरेको समेत आरोप लगाएका थिए । उनले तेलहा मरहा पोखरीको संरक्षण र सौन्दर्यीकरण गर्न भनिएको छ तर पूर्व पट्टिवाट रहेको घरहरु अहिले सम्म यथावत छ पोखरीको स्वरुप समेत सानो पार्ने षडयन्त्र भई रहेको उनको गुनासो थियो । जानकी मन्दिरमा बनेको शौचालय स्वच्छता अभियान अन्तर्गत हटाइको थियो ।

    अहिले पुनः त्यहाँ शौचालय बन्न लागेको छ । मन्दिरको वेथिती बारे बोल्दै महन्थ दासले गुठी संस्थानले मन्दिरमा रहेको गरगहनाको स्वामित्व लिएपनि अहिले त्यो सरसमान खोज तलास गर्दा आफूहरु समक्ष नरहेको जानकारी दिए । गुठी संस्थान संग सवै मन्दिरको गरगहना तथा भगवानको सृङ्गारका सामग्री छन् तर जानकी मन्दिरवाट लगिएको सामग्रीको कुनै लेखाजोखा नदिने गरेको आरोप लगाए । यी समस्याको बारेमा केन्द्रीय सरकारको मन्त्रालयमा जानकारी गराएपनि कुनै चासो नलिएको उनको भनाई छ । ‘सबै मठ मन्दिरको गहना जेवर गुठीले लग्यो । तर अहिले आएर जानकी मन्दिरको कुनै समान लिएको छैन भन्दैछ’ महन्थ दासले गुठी संस्थानको कुरा उद्धृत गर्दै भने । मन्दिर दाताकै भरमा चलेको उनले दावी गरे । तीन तहको सरकारले मन्दिरमा संरचना बनाउनु बाहेक कुनै खर्च नदिएको उनले उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑