बिरगंज । जेठ पहिलो साता वाणिज्य बैंकहरुले ७, दोस्रो साता ६ अर्ब र तेस्रो साता ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। नेपाल बैंकर्स संघका अनुसार जेठ महिनाभरमा बैंकहरुले २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
जेठ महिनाको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप घटेको छ। अन्तिम साता वाणिज्य बैंकहरुले ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
कर्जातर्फ भने जेठ २७ गतेसम्ममा वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन्। जेठ पहिलो साता २ अर्ब, दोस्रो साता ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। तेस्रो र चौथो सातामा भने कर्जा क्रमशः २–२ अर्ब रुपैयाँ घटेको छ।