• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धनगढीमा देवर र भाउजूको अनैतिक सम्बन्धको हल्ला भएपछि रूखमा झुन्डिएर देवर-भाउजूले गरे आत्महत्या

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७९, मंगलवार १५:१८
  • ४८१७

    धनगढी । गाउँमा देवर र भाउजूको अनैतिक सम्बन्धको हल्ला भएपछि डडेल्धुरामा देवर र भाउजूले रूखमा झुन्डिएर आत्महत्या गरेका छन् । डडेल्धुराको आलितालको वडा नम्बर ३ र ५ को सिमाना रेला पुलनजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव एकै रूखमा झुन्डिएको अवस्थामा फेला प¥यो । पशुपतिका श्रीमान् रबिन विक रोजगारीको सिलसिलामा भारत गएका थिए । त्यही समयबाट उनको सम्बन्ध देवर गणेश विकसँग रहन गयो । त्यो कुरा एक कान दुई कान हुँदै गाउँभरि फैलियो ।

    डडेल्धुराको सानो गाउँ भावरमा बस्ने उनीहरूको सम्बन्ध श्रीमान्ले पनि थाहा पाए । आलिताल गाउँपालिका–५ मा भावरका गाउँलेले त्यो कुरा मिलाउन प्रयास गरे । करिब दुई महिनाअघि श्रीमान् पनि गाउँ फर्किसकेको अवस्थामा वडा सदस्यको रोहबरमा देवर–भाउजूले आफ्नो अनैतिक सम्बन्ध त्याग्ने सम्झौता गरेका थिए । अब आइन्दा सम्बन्ध नराख्ने भनेर कागज नै भएको एक वडासदस्यले बताए । तर, सजिलै सम्बन्ध त्याग्न नसकेपछि देवर गणेशले आफूहरूको सम्बन्ध जोगाइदिन भन्दै प्रहरी चौकी आलिताललाई समेत गुहारेका थिए । त्यो प्रयास असफल भएपछि आइतबार राति पशुपति र गणेश विक गाउँबाट भागेका थिए । त्यसपछि पति रबिनले उनीहरूको खोजी गरिदिन सोमबार बिहानै प्रहरीमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा उनीहरूको शव वडा नम्बर ३ र ५ को सिमाना रेला पुलनजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनको एउटा रूखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । उनीहरू रूखमा प्लास्टिकको डोरीले झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए ।

    देवर–भाउजू मृत फेला पर्नुअघि एक बाख्रा गोठाला गणेश मडैले दुवैलाई देखेका थिए । ‘शव भेटिनुभन्दा अगाडि दुवै चाउचाउ खाइरहेका थिए । आधा एक घन्टापछि माथि जाँदा एक जनालाई झुन्डिएको अवस्थामा देखेँ’ उनी भन्छन्, ‘म डरले सीधै घर गएर घटनाबारे घरमा भने र घरबाट प्रहरीलाई जानकारी भयो । मैले झट्ट हेर्दा एउटै लास देखेको थिए, तर दुवै झुन्डिएका रहेछन् ।’शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पाल घटनास्थल पुगेका थिए । ‘घटनास्थल अवलोकन गर्दा उनीहरू एउटै रूखको एउटै हाँगामा झुन्डिएको फेला परेका थिए । दुवैको शव जोगबुढा अस्पतालमा पोस्टमार्टमका लागि लगिएको थियो’ उनले भने, ‘आज मंगलबार पोस्टमार्टम भइसकेको छ । रिपोर्ट आएको छैन । शवमा बाहिरी चोट देखिएको थिएन । केवल घाँटीमा डोरीको छाप छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑