• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मन्त्री शर्माको राजीनामा माग्न थालिएपछि अर्थ मन्त्रालय उनको बचाउमा उत्रियो

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०७९, सोमबार १८:१०
  • ३४७३

    वीरगंज । बजेटको गोपनीयता र मर्यादा भङ्ग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामाका लागि चौतर्फी आवाज उठ्न थालेपछि अर्थमन्त्रालय उनको बचाउमा उत्रिएको छ। अर्थमन्त्रालयका प्रवक्ता तथा सहसचिव भुपाल बरालले अर्थमन्त्रीमाथि लागेको आरोपको बुँदागत खण्डन नगरी पत्रकारिताको अभ्यासप्रति आक्रोश पोखेका छन्। बजेटको अघिल्लो राति मन्त्रालयमा अर्थमन्त्री शर्मा, सचिवद्वय मधु मरासिनी र कृष्णहरि पुष्करसँगै अर्को सहसचिव चक्रबहादुर बुढासँगै बराल पनि उपस्थित रहेको त्यही बेला मन्त्रीले अवकाश प्राप्त नासु रघुनाथ घिमिरे र अर्का एक व्यक्तिलाई बोलाई बजेटबारे उनीहरुको सुझाव स्वीकार गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए।

    अर्थमन्त्री शर्माले बजेटको गोपनीयता भंग गरेको र निहित स्वार्थसँग साँठगाँठ गरी मुलुकको अर्थतन्त्र उनीहरुको पक्षमा समर्पण गरेको आरोप लागिरहेकै बेला प्रवक्ता बरालले शर्माको बचाउ गरेका हुन्। बरालले आफ्नो प्रतिवादमा पूर्वनासु घिमिरे र अर्थमन्त्री शर्माले सिए साप् भनी चिनाएका व्यक्ति उपस्थित थिए या थिएनन् तथा मन्त्री शर्माले उनीहरुको सुझाव मान्न निर्देशन दिएका थिए या थिएनन् भन्नेबारे भने जानकारी दिएका छैनन्। सोमबार अन्नपूर्ण पोस्ट दैनिकले प्रकाुशन गरेको समाचारमा जेठ १४ गते राति अर्थमन्त्री शर्माले करका दर परिवर्तन गर्न मर्यादा विपरीत घिमिरेलाई जिम्मेवारी दिएको समाचार प्रकाशन गरेपछि अर्थले खण्डन गरेको हो।

    मन्त्रालयका प्रवक्ता बरालले विज्ञप्ति जारी गर्दै अर्थमन्त्रीविरुद्ध भ्रम पैदा गरेको दाबी गरेका छन्। बजेट निर्माणमा अर्थमन्त्रीसहित मन्त्रालयको टिम लागेको दाबी बरालले गरेका छन्। उनले भनेका छन्, ‘मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशिल रहनुभएका माननीय अर्थ मन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखी समाचार प्रकाशित हुनु खेदजनक छ।’अर्थ मन्त्रालयले आफ्नो विषय वस्तुको खण्डन भन्दा पनि विज्ञप्तिमार्फत पत्रकारिताको विश्वसनीयतामाथि चिन्ता व्यक्त गरेको छ। अर्थले समाचार तथ्य तथ्याङ्कमा आधारित नभएको भन्दै पत्रकारिताको विश्वसनीयताबारे प्रश्न गरेको हो।

    ‘सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय समाचारका लागि सम्बन्धित पक्षको आधिकारिक भनाई राख्नुपर्ने पत्रकारिताको सामान्य सिद्धान्तलाई समेत विचार नगरी प्रकाशित यस्ता समाचारले समाजमा भ्रम पैदा गर्ने र पत्रकारिताको विश्वसनीयतामा समेत ह्रास आउने गर्दछ,’ मन्त्रालयले अगाडि भनेको छ, ‘अतः वजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत मूलुकको आर्थिक विकासको गतिलाई तिव्रता दिनुपर्ने समयमा भ्रामक तवरले प्रकाशित यस प्रकारका समाचारको मन्त्रालय खण्डन गर्दछ। साथै वास्तविकता र तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्न आम संचारकर्मीहरुलाई मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’

    मन्त्री शर्माले कानुन र मर्यादा विपरीत अनाधिकृत व्यक्तिलाई करको दर हेरफेर गर्न लाएको थाहा पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बोलाएर राजीनामा दिन निर्देशन दिएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑