बारा । बारामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका ८ थलही पुलबाट गएराति मोटरसाइकल अनियन्त्रित भई अन्दाजी २५ फिट तल खोलामा खस्दा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका अन्दाजी ३० वर्षका दुई पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको सनाखत हुन बाँकी छ ।
बरियापुरबाट लैगडाचोकतर्फ जाँदै गरेको प्रदेश ०२ ०३ ००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति साढे १० बजे थलही पुलबाट तल खसेको थियो ।