वीरगंज । सुनसरीमा आफ्नै भाइको हत्या अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै भाइ १८ वर्षीय देवकुमार धामीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका ४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
चुरोटको निहुँमा भएको झगडामा देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएका थिए । गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।