वीरगंज । मौसम बदली हुँदा आज बिहान प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज दिउँसो प्रदेश– १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुनेछ । मधेस प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।