वीरगंज । जेठ २५ गते दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा बुधवार ४५ वर्षीया अनिभा खडायतको शव आगोमा जलेको अवस्थामा फेला पर्यो । उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता लोकेन्द्र कार्कीका अनुसार घटनाका मुख्य अभियुक्त भोजबहादुर खडायत पक्राउ परेका छन् । उनी नातामा मृतकका देवर हुन् ।
नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्डका रुपमा उनी कार्यरत थिए । उनलाई बैतडीबाट पक्राउ गरिएको हो । अनुसन्धानमा क्रममा अन्य दुईजना पनि प्रहरी नियन्त्रणमा छन् । तर, घटनामा उनीहरूको संलग्नता थियो वा थिएन खुलेको छैन ।