वीरगंज । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८४ पैसा कायम रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ०१ पैसा र बिक्री दर १५३ पैयाँ ७५ पैसा छ । युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ६६ पैसा र बिक्री दर १३१ रुपैयाँ २९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ६६ पैसा छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६१ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा छ । चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५२ पैसा र बिक्री दर १८ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको छ। साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ १२ पैसा र बिक्री दर ३३ रुपैयाँ २८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ।