वीरगंज । गुल्मीमा पत्नीलाई कर णी गरेको आरोपमा एक पुरुष पक्राउ परेका हुन। मदाने गाउँपालिका–४ निवासी २४ वर्षीय महिलाले आफ्नै पतिविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा कर णीको उजुरी दिएकी छिन् ।
प्रहरी कार्यालयमा ति महिलाले दिएको जाहेरीका आधारमा प्रहरीले निजका पतिलाई नियन्त्रणमा लिएको बताईएको छ । ईलाका प्रहरी कार्यालय पुर्कोटदहले पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरीले जानकारी दिएका छन ।
प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । स्थानीयवासीका अनुसार उनीहरुको २०६८ सालमा विवाह भएको हो । सो दम्पतीका दुई सन्तान छन् । प्रहरीका अनुसार ती महिलाले आफ्नो पतिले डर–धाक, धम्की देखाई पटक पटक आफ्नो ईच्छा विपरीत यौ न सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।यसैगरी, छत्रकोट गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई कर णी गरेको आरोपमा सोही स्थानका ४३ वर्षीय एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । आरोपितले किशोरीलाई फागुन २ गते घरनजिकै गोठमा लगेर कर णी गरेका थिए ।
पीडित परिवारले वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा अभियुक्तविरुद्ध उजुरी दिएका थिए । उजुरीसँगै घटनामा सं लग्न पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी माधवराज खरेलले जानकारी दिए । उनलाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको खरेलले बताए ।