वीरगंज । काखमा दूधे बालक, शरीर डम्म फुलेको छ, निधारमै चोट छ । अनसनस्थल वरिपरि भएर हिंड्नेहरुको पहिलो नजर निधारको त्यही चोटमा पुगेर रोकिन्छ । त्यही चोट र फुलेको शरीरले प्रमाण पनि बोकेको छ, उनीमाथि ज्यादती भइरहेको छ ।
उनी उठे बस्न सक्दिनन्, बसे उठ्न। तर अबोध दूधे बालक बारम्बार आमालाई कोट्याइरहन्छन् किनकि उनलाई घरीघरी दूध खान मन लाग्छ । भुईंमा बिछ्याइएको पातलो म्याटमा पातलो डसना र ब्लांकेट उनको सहारा बनेका छन् ।
भित्रै गढेका आँखा, सुकेर कलेटी परेको अनुहारले नै अझ धेरै बताउँछन्, उनी गम्भीर दुःखमा छिन् । त्योभन्दा बेसी उनको अठोटले बताउँछ, राज्यको न्यायप्रणालीका विरुद्ध उनी विद्रोहमा छिन् ।