रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले १७ वटा गाई र विभिन्न प्रकारको विद्युतीय उपकरण बरामद गरेको छ । सशस्त्र बेस क्याम्प दुधियाभारका सई नेत्र तिमल्सिनाको कमान्डमा गएको टोलिला चन्द्रपुर गौर सडकखण्डको हर्षाहा चौकमा प्रदेश २-०३ ००१ ख १४८७ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त १७ वटा गाई बरामद गरेको हो ।
रौतहटबाट तस्करीको माध्यमले भारततर्फ लैजाँदै गरेको गाई सहितको गाडी बरामद गरी आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटले जनाएको छ ।
उता नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्र चुहावट नियन्त्रण टोलीले विभिन्न विद्युतीय उपकरण बरामद गरेको छ । संयुक्त टोलीले १ थान फ्रीज, १३ थान मोटर, १ थान कटर मेसिन,र विद्युतीय तार बरामद गरेको छ । संयुक्त टोलिला मिटर छड्के तथा जाँचको क्रममा हुकिङ गरी विद्युत चोरेर सञ्चालन गरिएको उक्त उपकरण बरामद गरेको विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख सञ्जीव कुमार दाशले बताएका छन् । पछिल्लो समय मौलापुर वितरण केन्द्रले छड्के जाँचमा तीव्रता ल्याएको छ ।