वीरगंज । एमाले सांसद शेरबहादुर तामाङले मृत्युको बीमा गर्ने कार्यक्रम ल्याउन माग गरेका छन्। यसले गरिब तथा असहायको लागि अस्पतालमा उपचार गर्दाको खर्च बेर्होने उनको तर्क छ।
आईतबार प्रतिनिधि सभाको मन्त्रालयगत छलफलमा सहभागी हुंदै तामाङले उक्त माग गरेका हुन्।
उनले भने, ‘उमेर हद तथा रोगजन्य परीस्थितिले बाँचिदैन। तर, अस्पतालको बिलमा बाँचेकालाई साँच्चै अधमरोको जस्तो हुन्छ। मान्छे मर्छ तर बिल भने तिर्न नसक्ने हालतमा पुग्छ। उपचार गरेपछि बाँचेर आयो भने ठिकै छ तर यति बाँचिदैन भने यसको बीमा गरौं र राज्यले बेहोर्ने नीति ल्याऔं। यसले, मर्ने त मर्यो तर बाँचेकाको बाँच्नै नसक्ने स्थितिको अन्त्य हुन्छ।’