वीरगंज । हिमाली जिल्ला मुगुमा पहिलो पटक नेपाली सेनामा भर्नाको परीक्षा भएको छ। रारा राष्ट्रिय निकुञ्जमा रहेको श्रीबक्स गुल्म र गमगढीस्थित नन्दबक्स गुल्मले पहिलो पटक ५० सैनिक कोटाका लागि भर्ना परीक्षा लिएका हुन्। जसमा पाँच महिलासहित ५० सैनिक जवान कोटाका लागि भर्ना प्रक्रिया सुरू भएको हो।
५० कोटाका ५१ महिलासहित २ सय ८१ जनाको आवेदन परेको नन्दबक्स गुल्मका सेनानी प्रवेश लिम्बुले बताए। भर्ना हुन मुगुसहित हुम्ला, जुम्ला, बाजुरा, बर्दिया, दैलेख सुर्खेतबाट युवा पुगेका छन्।
शारीरिक परीक्षण र प्रारम्भिक मेडिकल परीक्षण पश्चात लोकसेवाले लिखित परीक्षा लिनेछ। परीक्षाका लागि आयोगसँग परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए।