वीरगंज । आज साताको पहिलो काराेबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। यस्तै, आज तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
शुक्रबार छापावाल सुन तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको ९७ हजार २ सय रुपौयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ थियो।