काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकामा एक व्यक्ति घरको पाँच तलामाथिबाट पानी भर्ने क्रममा चिप्लेर तल खस्दा मृत्यु भएको छ।
मृत्यु हुनेमा नागार्जुन नगरपालिका-४ सितापाइला घर भएका ३७ वर्षीय जितेन्द्र श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। उनी शनिबार दिउँसो १२:४५ बजेको समयमा आफ्नै घरको छतबाट खसेका थिए।
प्रहरीका अनुसार चिप्लेर तल खसेर घाइते भएका उनलाई तत्काल उपचारको लागि शुभेच्छा अस्पताल सितापाइला लगि उपचार भइरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो।