• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बच्चालाई गाईको दूध सेवन: भ्रम र यथार्थ

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार १८:२६
  • २९४५

    वीरगंज | आज भन्दा करिब १ महिना अगाडि कान्ति बाल अस्पतालमै कार्यरत एक जना सिस्टरले डाक्टर मेरो साथीको सानो छोरीलाई गाईको दूध दियो कि पखाला चलिहाल्छ, के गर्नु पर्ला? भनेर सोध्दै हुनुहुन्थ्यो। त्यस्को १५ दिन लगत्तै एक परिवार आफ्नो ८ महिने बच्चा लिएर ओपिडी आएर भन्दै हुनुहुन्थ्यो ‘डा’साब हाम्रो बच्चालाई केही दिनदेखि गाईको दूध दिन लागेको बाबुले दिसा पातलो गर्ने, दिसामा रगत देखिने, अनि बान्ता पनि गरिरहन्छ।’

    मैले ‘कम्तिमा १-२ वर्षसम्म गाईको दूध प्रयोग नगर्दा हुन्थ्यो। किन त्यसो गर्नु भएको?’ भन्दा आमाले श्रीमान् तिर हेर्दै ‘मैले नखुवाउनुस भनेकै त हो नि घरमा हजुरबुवा हजुरआमाले राम्रो हुन्छ भन्दै खुवाइ दिनु हुन्छ’ भनिन्।

    हो, हामीले हेर्ने बिरामीहरुको थुप्रै अवस्थामा पुरानो सोच र अज्ञानताले गर्दा अझैं पनि कतिपए बच्चाहरुलाई आमाबुवाले गाईको दूध खुवाइराख्ने गर्नुहुन्छ। यो लेखमा माथिको परिवारजस्तैलाई समर्पित गर्दै सानो उमेरमा बच्चाहरुलाई गाईको दूध सेवनले देखिने समस्याबारे जानकारी दिने प्रयास गरेको छु।

    संसारमा ५ वर्ष मुनीका बालबालिकामा सबैभन्दा बढी हुने खाद्य पदार्थको एलर्जीमा गाईको दूध सेवन मुख्य कारण हो। यो समस्या मुख्य गरेर गाईको दूधमा पाइने प्रोटिनले गर्दा हुने गरेको पाइएको छ। विभिन्न अध्य्यन (DRACMA, ESPGHAN, AAP and National Institute of Allergy and Infectious Diseases (NIAID) Guidelines) ले निकालेको तथ्यांक अनुसार बच्चाहरुमा करिब करिब २ देखि ५ प्रतिशतमा यो समस्या देखिने गरेको छ।

    लगभग ५० प्रतिशत बच्चाहरुलाई १ वर्षको उमेरसम्म, करिब ७५ प्रतिशत बच्चाहरुमा ३ वर्षको उमेर सम्ममा र ६ वर्षको उमेर सम्ममा ९० प्रतिशतमा समस्याहरु कम भईसक्छ। यसमा दुई किसिमको असर देखिन्छ। एउटा तुरुन्तै देखिने जुन केहि मिनेटदेखि घण्टाभित्र देखिन्छ भने अर्को असर केहि दिनपछि विस्तारै देखिने गर्दछ।

    लक्षणहरु
    • वान्ता तथा पखाला हुने
    • दिसामा रगत देखिने
    • खान मन नगर्ने, खाना सर्काउने, खाने बित्तिकै हुलुक हुलुक निकाल्ने
    • छालामा डाबर आउने, रुघाखोकी लाग्ने, दमको समस्या देखिने, शरीर चिलाउने, ओठ सुनिने
    • तारन्तर रोइराख्ने, पेट दुख्ने (कोलिक हुने), रक्तअल्पता हुने, आइरनको कमी हुने, कब्जियत हुने, उमेर अनुसारको तौल नबढ्ने, कहिलेकाही एकदम जटिल असरमा श्वास फेर्न गार्हो हुने, हात खुट्टा लुलो हुनेदेखी तुरन्तै ज्यान जाने पनि हुन सक्छ।

    त्यसैले सुरुवाती समयमा गाईको दूध सेवन नगराउनु नै उत्तम उपाय हो भने गाईको दूध प्रयोग गर्नै नमिल्ने अवस्थामा के-के गर्न सकिन्छ भनी बुझ्न नजिकैका बाल चिकित्सकसँग सल्लाह लिनुपर्दछ।

    -(बालरोग विशेषज्ञ डा राजकुमार बिक हाल कान्ति बाल अस्पतालमा कार्यरत छन्।)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑