वीरगंज । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल पर्वेज मुसरफ अस्पताल भर्ना भएका छन्। पछिल्लो तीन हप्तादेखि दुवईस्थित एक अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्।
सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहेपनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन्। उनीहरूका अनुसार उनको अवस्थामा सुधार आउने कुनै संभावना छैन भने शरीरका धेरै अंगमा समस्या उत्पन्न भएको छ।
सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका मुसरफको जन्म भने भारतको नयाँ दिल्लीमा भएको थियो। सैन्य उच्च अधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कु गरेर उनले राज्यसत्ता हातमा लिएका थिए।