• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    एप्पल डेभलपर कन्फ्रेन्स : के के भए घोषणा ?

  • वीरगंज संजाल
  • Jun 11, 2022, 12:45 pm
  • १४२९

    वीरगंज । एप्पलले आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्लूडब्लूडीसी) मार्फत विभिन्न नयाँ उत्पादनको घोषणा गरेको छ । साेमबारदेखि सुरू भएकाे कन्फ्रेन्समा कम्पनीले आईओएसको नयाँ अपडेटदेखि एप्पल वाच, एमटु चिपसेट, नयाँ म्याकबुक, म्याकओएस लगायतका विवरण सार्वजनिक गरेको छ ।

    आईओएस १६

    एप्पलले कार्यक्रममा सबैभन्दा धेरै प्रतिक्षित आईओएस १६ सार्वजनिक गर्ने घोषणा गरेको छ । आईओएस १६ को विषयमा विशेषगरी यसमा उपलब्ध हुने लक स्क्रिन फिचरको धेरै चर्चा भएको थियो । आईओएस १६ को अपडेटसँगै एप्पलले आईफोनको लक स्क्रिनमा धेरै परिवर्तन ल्याउँदैछ । आईओएस १६ को अपग्रेडसँगै अब प्रयोगकर्ताले आफ्नो लक स्क्रिनलाई थप आफू अनुकूल कस्टमाइज गर्न सक्नेछन् । साथै अब आईफोनको लिक स्क्रिनमा थर्ड पार्टी एपको विजेटहरू पनि थप गर्न मिल्नेछ भने विभिन्न कलरफुल थिमहरू पनि प्रयोग गर्न सकिनेछ ।

    स्क्रिन लक हुँदा नोटिफिकेसनहरू स्क्रिनको तलबाट आउनेछन् । त्यसैगरी अब आईमेसेजबाट पठाएको मेसेजमा इडिट अथवा अनसेन्ड पनि गर्न सकिनेछ भने कुनै आईमेसेजलाई अनरिड अथवा नपढिएको भनेर मार्क पनि गर्न मिल्नेछ । शेयरप्ले फिचर अब फेसटाइममा मात्र नभई आईमेसेजमा पनि प्रयोग गर्न सकिनेछ । आईओएस १६ को अपडेटसँगै अब लाइभ टेक्स्ट फिचर फोटोमा मात्र नभई भिडिओमा पनि प्रयोग गर्न सकिनेछ । त्यसैगरी यसरी कपी गरिएको टेक्स्टलाई अर्को भाषामा ट्रान्सलेट पनि गर्न सकिनेछ ।

    योसँगै एप्पलले पनि ‘बाई नाउ, पे लेटर’ फिचर सार्वजनिक गर्ने भएको छ । एप्पल पे लेटर अप्सनमा सहित अब एप्पल पेका प्रयोगकर्ताले पहिले सामान खरिद गरेर पछि भुक्तानी गर्न सक्नेछन् । एप्पल म्यापमा पनि नयाँ लोकेसनहरू थप गरिएको छ भने एप्पल न्युजमा आफ्नो रुचिअनुसारको विषयगत समाचार हेर्न तथा पढ्न सकिनेछ । त्यसैगरी अब आफ्नो फोटो तथा भिडिओको लाइब्रेरी अन्य प्रयोगकर्ताहरूसँग पनि शेयर गर्न सकिनेछ ।

    एप्पल वाच

    २०२२ को डब्लूडब्लूडीसीमा एप्पलले एप्पल वाचमा आउने नयाँ फिचरको बारेमा पनि घोषणा गरेको छ ।कम्पनीका अनुसार एप्पल वाचमा नयाँ वाचफेस थपिनेछन्, जसमा एस्ट्रोनोमी, लुनार, प्लेटाइम र मेट्रोपोलिटेन थिम थप हुनेछन् । त्यसैगरी वाचको ब्यानर नोटिफिकेसन पनि पुरै स्क्रिनमा नभई स्क्रिनको एक छेउमा मात्र देखिनेछ ।साथै एप्पल वाच बाहेक अन्य स्मार्टवाचमा पनि एप्पलको फिटनेस एप प्रयोग गर्न सकिनेछ । आईफोनमा एप्पलको फिटनेस एप डाउनलोड गरेर अन्य जुनसुकै वाचमा पनि एप्पल वाचको जस्तै फिचर प्रयोग गर्न सकिनेछ । निद्रा ट्रयाकिङमा पनि नयाँ अपडेटहरू आएका छन् ।

    एमटु

    कार्यक्रममा एप्पलले आफ्नो नयाँ चिपसेट ‘एमटु’ को विषयमा पनि बताएको छ । कम्पनीको एमवान चिपसेट निकै नै लोकप्रिय भएको थियो ।यसले ल्यापटपलाई छिटो र ब्याट्री कम खपत गर्न मद्दत गर्ने हुँदा यसको लोकप्रियता निकै बढेको थियो । एम वानको तुलनामा १८ प्रतिशतले बढि छिटो काम गर्न सक्ने विशेषता सहित एमटु चिपसेट सार्वजनिक हुँदैछ ।

    नयाँ म्याकबुक

    यस कार्यक्रममार्फत कम्पनीले नयाँ म्याकबुकहरू सार्वजनिक गर्ने घोषणा पनि गरेको छ ।१०८० पिक्सेलको रेजुलाेसनन भएको बिल्ट-ईन क्यामेरासहित एप्पलले नयाँ म्याकबुक सार्वजनिक गर्ने बताएको छ । यूएसबीसी पोर्टसहित सार्वजनिक हुने नयाँ ल्यापटप एक घण्टामा फुल चार्ज हुने बताइएको छ ।त्यसैगरी नयाँ १३ इन्चको म्याकबुक प्रोमा एमटु चिपसेट प्रयोग गरिने छ । कम्पनीले नयाँ म्याकबुकसँगै म्याकओएस पनि अपग्रेड गर्दैछ ।‘म्याकओएस भेन्चुरा’ नाम दिएर कम्पनीले नयाँ म्याकबुक ओएस सार्वजनिक गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑