• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    थप विवरण

    होमपेज / Breaking News

    एप्पल डेभलपर कन्फ्रेन्स : के के भए घोषणा ?

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार १२:४५
  • ३०५

    वीरगंज । एप्पलले आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्लूडब्लूडीसी) मार्फत विभिन्न नयाँ उत्पादनको घोषणा गरेको छ । साेमबारदेखि सुरू भएकाे कन्फ्रेन्समा कम्पनीले आईओएसको नयाँ अपडेटदेखि एप्पल वाच, एमटु चिपसेट, नयाँ म्याकबुक, म्याकओएस लगायतका विवरण सार्वजनिक गरेको छ ।

    आईओएस १६

    एप्पलले कार्यक्रममा सबैभन्दा धेरै प्रतिक्षित आईओएस १६ सार्वजनिक गर्ने घोषणा गरेको छ । आईओएस १६ को विषयमा विशेषगरी यसमा उपलब्ध हुने लक स्क्रिन फिचरको धेरै चर्चा भएको थियो । आईओएस १६ को अपडेटसँगै एप्पलले आईफोनको लक स्क्रिनमा धेरै परिवर्तन ल्याउँदैछ । आईओएस १६ को अपग्रेडसँगै अब प्रयोगकर्ताले आफ्नो लक स्क्रिनलाई थप आफू अनुकूल कस्टमाइज गर्न सक्नेछन् । साथै अब आईफोनको लिक स्क्रिनमा थर्ड पार्टी एपको विजेटहरू पनि थप गर्न मिल्नेछ भने विभिन्न कलरफुल थिमहरू पनि प्रयोग गर्न सकिनेछ ।

    स्क्रिन लक हुँदा नोटिफिकेसनहरू स्क्रिनको तलबाट आउनेछन् । त्यसैगरी अब आईमेसेजबाट पठाएको मेसेजमा इडिट अथवा अनसेन्ड पनि गर्न सकिनेछ भने कुनै आईमेसेजलाई अनरिड अथवा नपढिएको भनेर मार्क पनि गर्न मिल्नेछ । शेयरप्ले फिचर अब फेसटाइममा मात्र नभई आईमेसेजमा पनि प्रयोग गर्न सकिनेछ । आईओएस १६ को अपडेटसँगै अब लाइभ टेक्स्ट फिचर फोटोमा मात्र नभई भिडिओमा पनि प्रयोग गर्न सकिनेछ । त्यसैगरी यसरी कपी गरिएको टेक्स्टलाई अर्को भाषामा ट्रान्सलेट पनि गर्न सकिनेछ ।

    योसँगै एप्पलले पनि ‘बाई नाउ, पे लेटर’ फिचर सार्वजनिक गर्ने भएको छ । एप्पल पे लेटर अप्सनमा सहित अब एप्पल पेका प्रयोगकर्ताले पहिले सामान खरिद गरेर पछि भुक्तानी गर्न सक्नेछन् । एप्पल म्यापमा पनि नयाँ लोकेसनहरू थप गरिएको छ भने एप्पल न्युजमा आफ्नो रुचिअनुसारको विषयगत समाचार हेर्न तथा पढ्न सकिनेछ । त्यसैगरी अब आफ्नो फोटो तथा भिडिओको लाइब्रेरी अन्य प्रयोगकर्ताहरूसँग पनि शेयर गर्न सकिनेछ ।

    एप्पल वाच

    २०२२ को डब्लूडब्लूडीसीमा एप्पलले एप्पल वाचमा आउने नयाँ फिचरको बारेमा पनि घोषणा गरेको छ ।कम्पनीका अनुसार एप्पल वाचमा नयाँ वाचफेस थपिनेछन्, जसमा एस्ट्रोनोमी, लुनार, प्लेटाइम र मेट्रोपोलिटेन थिम थप हुनेछन् । त्यसैगरी वाचको ब्यानर नोटिफिकेसन पनि पुरै स्क्रिनमा नभई स्क्रिनको एक छेउमा मात्र देखिनेछ ।साथै एप्पल वाच बाहेक अन्य स्मार्टवाचमा पनि एप्पलको फिटनेस एप प्रयोग गर्न सकिनेछ । आईफोनमा एप्पलको फिटनेस एप डाउनलोड गरेर अन्य जुनसुकै वाचमा पनि एप्पल वाचको जस्तै फिचर प्रयोग गर्न सकिनेछ । निद्रा ट्रयाकिङमा पनि नयाँ अपडेटहरू आएका छन् ।

    एमटु

    कार्यक्रममा एप्पलले आफ्नो नयाँ चिपसेट ‘एमटु’ को विषयमा पनि बताएको छ । कम्पनीको एमवान चिपसेट निकै नै लोकप्रिय भएको थियो ।यसले ल्यापटपलाई छिटो र ब्याट्री कम खपत गर्न मद्दत गर्ने हुँदा यसको लोकप्रियता निकै बढेको थियो । एम वानको तुलनामा १८ प्रतिशतले बढि छिटो काम गर्न सक्ने विशेषता सहित एमटु चिपसेट सार्वजनिक हुँदैछ ।

    नयाँ म्याकबुक

    यस कार्यक्रममार्फत कम्पनीले नयाँ म्याकबुकहरू सार्वजनिक गर्ने घोषणा पनि गरेको छ ।१०८० पिक्सेलको रेजुलाेसनन भएको बिल्ट-ईन क्यामेरासहित एप्पलले नयाँ म्याकबुक सार्वजनिक गर्ने बताएको छ । यूएसबीसी पोर्टसहित सार्वजनिक हुने नयाँ ल्यापटप एक घण्टामा फुल चार्ज हुने बताइएको छ ।त्यसैगरी नयाँ १३ इन्चको म्याकबुक प्रोमा एमटु चिपसेट प्रयोग गरिने छ । कम्पनीले नयाँ म्याकबुकसँगै म्याकओएस पनि अपग्रेड गर्दैछ ।‘म्याकओएस भेन्चुरा’ नाम दिएर कम्पनीले नयाँ म्याकबुक ओएस सार्वजनिक गर्न लागेको हो ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए
  • वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु
  • वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त
  • वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त

    वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए

    वीरगंजमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाए

    छिमेकी मुलुक भारतको दार्जीलिङसँग सीमा जोडिएका नेपालका नाका सिल

    सरकारद्वारा पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाउने निर्णय

    निर्वाचन आयोगले तोक्यो प्रतिनिधिसभा निर्वाचन हुने मिति

    पेट्रोलियम पदार्थको मुल्य घटाउन सरकारलाई सत्ता गठबन्धनको निर्देशन

    भारतीय प्रधानमन्त्री मोदीविरुद्ध दायर याचिका खारेज

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त

    वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए

    वीरगंजमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाए

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    News

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    News

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त

    News

    वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए

    News

    वीरगंजमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाए


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑