• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युरोपमा बिक्री हुने सबै फोनमा टाइप-सी पोर्ट अनिवार्य, अब के गर्ला एप्पल ?

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार १२:१५
  • १९२९

    वीरगंज | युरोपेली संघ (ईयू) ले सदस्य देशहरूमा बिक्री हुने सबै प्रकारका फोनमा यूएसबी-सी पोर्ट अनिवार्य गरेको छ । विद्युतीय फोहोर (ई-वेस्ट) लाई व्यवस्थापन गर्ने तथा सबै डिभाइसमा प्रयोगकर्ताको पहुँचलाई सहज बनाउने कारण देखाउँदै ईयूले सबै फोनमा यूएसबी-सी पोर्ट अनिवार्य हुनुपर्ने निर्णय गरेको हो । संघका सदस्य राष्ट्रहरूले एक सम्झौतामा हस्ताक्षर गर्दै संघभित्र बिक्री हुने सबै प्रकारका स्मार्टफोनमा सन् २०२४ भित्र अनिवार्य यूएसबी-सी पोर्ट प्रयोगमा ल्याउनुपर्ने नियम लागू गरेको छ ।

    योसँगै लाइटनिङ पोर्ट उपलब्ध गराउँदै आएको एप्पलले समेत आफ्ना आईफोनमा टाइप-सी पोर्ट प्रयोग गर्नुपर्ने भएको छ । यो नियम स्मार्टफोनहरूलाई मात्र नभई अन्य विद्युतीय उपकरण ट्याब्लेट, डिजिटल क्यामेरा, हेडफोन, ई-रिडर लगायतले चार्जिङ पोर्टका रूपमा यूएसबी टाइप-सी पोर्ट अनिवार्य प्रयोग गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।त्यतिमात्र नभई युरोपेली संघका देशमा बिक्री हुने हरेक ब्राण्डका ल्यापटपमा त्यसभन्दा पछिका दिनहरूमा यूएसबी-सी पोर्ट अनिवार्य हुनेछ । यस विषयमा संघले करिब एक दशकदेखि आवश्यक छलफल तथा अध्ययन गरिरहेको थियो ।

    उपभोक्तालाई विभिन्न डिभाइसका लागि फरक-फरक चार्जर प्रयोग गर्न असहज भएका कारण सबै डिभाइसमा एउटै चार्जर प्रयोग गर्नुपर्ने नियम बनाइएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।यो नीतिले गर्दा कम्पनीले हरेक नयाँ डिभाइसमा चार्जर दिइरहनुपर्ने बाध्यता पनि हट्ने संघको विश्वास छ । अन्य डिभाइसमा प्रयोग भइरहेको चार्जर नै नयाँ डिभाइसमा पनि प्रयोग हुने भएपछि नयाँ डिभाइसमा चार्जर राख्नु नपर्ने संघको तर्क छ ।

    यो सम्झौताले सबैभन्दा बढी प्रभाव एप्पललाई पारेको छ । एप्पलले आफ्ना हरेक स्मार्टफोनका लागि लाइटनिङ पोर्ट उपलब्ध गराउँदै आएको थियो । सन् २०२१ मा मात्र एप्पलले विश्वभर २४ करोडभन्दा बढी आईफोन बिक्री गरेको थियो भने युरोपमा मात्र पाँच करोड ६० लाख बढी फोन बिक्री गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑