• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुई खेलाडी घाइते हुँदा क्रिकेटमा दोहोरियो पुरानै समस्या, चुनौती अमेरिकाको

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार ०८:५४
  • २५०५

    वीरगंज । क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेल्न नेपाली टोली अमेरिकामा छ। नेपाल, अमेरिका र ओमन सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल ओमनसँग खेलेको थियो। आज बेलुकी सवा ९ बजेबाट सुरु हुने दोस्रो खेल अमेरिकासँग खेल्दैछ। अमेरिका पुगेर नेपाली टोलीले दुईवटा अभ्यास खेल नखेल्दै नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दियो : ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल घाइते छन्। त्यसैले नेपालबाट सुवास खकुरेललाई टीममा बोलायो। नभन्दै ओमनविरुद्धको खेलमा ओपनिङ सम्हाले खकुरेल र सुनिल धमलाले। तर, ओपनिङमा यो जोडीले राम्रो सुरुवात दिन सकेन।

    नेपाली क्रिकेटमा सबैभन्दा धेरै गिजोलिएको पक्ष हो ओपनिङ। खासगरी नेपाली टोलीको प्रशिक्षणमा डेभ ह्वाटमोर आउनुअघि धेरै परीक्षण भए। र, सबैजसो फ्लप रहे। ओपनिङमा लगभग सँधैजसो ठूलो स्कोर बन्न नसक्दा र सस्तैमा आउट भइदिँदा पछाडिका ब्याट्सम्यानहरु दबावमा परे। तर, ह्वाटमोरको आगमनपछि ओपनिङमा भुर्तेल र शेखको जोडीलाई अघि सारे। जुन सफल पनि देखियो। र, उनीहरुले निरन्तरता पनि पाए। उनीहरु नेपालको पारीलाई अघि बढाउन सफल देखिए। नेपालको ओपनिङ ब्याटिङमा आशासमेत पलायो। तर, यी दुई खेलाडी घाइते भएपछि नेपाली टोली समस्यामा देखिन्छ। ओमनसँगको खेलमा ‌‌ओपनर खकुरेल ३ र धमला १२ रनमा आउट हुँदा नेपाली टोलीको ब्याटिङमा दबाव सुरु भएको थियो। अझ नेपाली टोलीका प्रमुख ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले पनि उल्लेखनिय योगदान दिन नसक्दा सम्झनलायक प्रदर्शन आरिफ शेख र युवा खेलाडी देव खनालको मात्र रह्यो। त्यसबाहेक अर्का अनुभवी ब्याट्सम्यान बिनोद भण्डारीको प्रदर्शन बिर्सनलायक थियो। उनले ४६ बलमा १४ रन बनाउँदै आउट भएका थिए। त्यसैले त बलिङमा कसिलो प्रदर्शन गरेर पनि नेपालको हातबाट खेल गुम्यो।

    परिचित अमेरिका, घरेलु दबाव

    अमेरिकामा नेपाली टोलीले पहिलोपटक खेलिरहेको छ। त्यहाँको अवस्थासँग अनुकुल हुन नेपाली टोली १० दिन अगावै अमेरिका पुगेको थियो। त्यहाँको ‘कन्डिसन’ मा भिज्न दुइवटा अभ्यास खेल पनि खेलेको थियो। तर, प्रतियोगिताको आफ्नो पहिलो खेलमा भने पराजय ब्यहोर्‍यो।

    नेपाल र अमेरिकाले पछिल्लो ४ वटा एकदिवसीय खेल खेल्दा नतिजा नेपालको पक्षमा देखिन्छ। नेपालले तीनवटा खेल जित्दा पछिल्लो एक खेल अमेरिकाले जितेको थियो। तर, त्यसो भन्दैमा अमेरिकालाई कमजोर आँक्ने अवस्था छैन। अमेरिकासँग भारत पाकिस्तानबाट क्रिकेटको पृष्ठभूमि लिएका बलिया खेलाडीको उपस्थिति छ। अझ नेपालले बलिङमा खुल्न नदिएको ओमनसँग ब्याटिङ फितलो गरेर हार ब्यहोरिरहँदा त्यसभन्दा अघिल्लो खेलमा अमेरिकाले ओमनलाई हराएको थियो। अर्थात घरेलु मैदानको फाइदा उठाउने दाउमा हुनेछ अमेरिकी टिम।

    अंकतालिकामा दबाव

    विश्वकप लिग – २ मा नेपालको प्रदर्शन औसतमात्र छ। सात टिम सम्मिलित ओडिआई साइकलमा नेपाली टोलीले १३ खेलबाट ६ जित र ७ हार ब्यहोर्दै तालिकाको छैटौं स्थानमा छ। नेपालभन्दा पछाडि २ अंक जोडेको नामिबियामात्र छ। विश्वकपको रोडम्यापका रुपमा हेरिएको लिग २ मा नेपाललाई शीर्ष तीनमा पर्ने दबाव छ।

    उसो त सात टिममध्ये सबैभन्दा कम खेलेको टोली नै नेपाली टोली हो। तालिकामा सर्वाधिक ३४ खेल खेलेको ओमन ४२ अंकसहित शीर्षस्थानमा छ भने २० खेल खेलेको स्कटल्याण्ड २८ अंक जोडेर दोस्रो, २२ खेल खेलेको यूएई २६ अंक जोडेर तेस्रो, २१ खेल खेलेको अमेरिका २० अंक जोडेर चौथो र १४ खेल खेलेको नामिबिया १४ अंक जोडेर पाँचौ स्थानमा रहँदा नेपाल १२ अंक जोडेर छैटौं तथा पपुवा न्युगिनी २ अंक जोडेर पुछारमा छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑