वीरगंज । कुवेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । ओमारिया सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि ४५ जना पुरुष र ४५ जना महिला गरी जम्मा ९५ जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । कामदारले खान बस्नेतसहित तलब ६० हजार बढि पाउनेछ । इच्छुक कामदारले सरोन मेनपावर सर्भिस प्रालिको कार्यालय बानेश्वर काठमाडौंमा असार ३ गतेदेखि ११ गतेसम्म अन्तरवार्ता दिनुपर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।