• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रुटले तोड्न सक्छन् तेन्दुलकरको कीर्तिमान

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार ०८:४८
  • १८०१

    वीरगंज । इंग्ल्यान्डका ब्याट्सम्यान जोए रुटले सबैभन्दा कम उमेरमा टेस्ट खेलमा १० हजार रन पूरा गरे, भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरले टेस्ट खेलमा राखेका कीर्तिमानलाई रुटले पछ्यारहेका छन् । भारतीय क्रिकेटर सचिन तेन्दुलकरले टेस्ट तथा एकदिवसीय क्रिकेटमा धेरै रेकर्ड राखेका छन् । सचिनले अन्तर्राष्ट्रिय क्रिकेट त्यागेको एक दशक हुन लागेको छ । मैदानमा सक्रिय रहँदा धेरैजसो क्रिक्टिसहरू भन्थे, ‘सचिनले टेस्ट तथा एकदिवसीय खेलमा राखेका कीर्तिमान भंग हुन असम्भव छ ।’ वास्तवमा त्यसवेला यस्तै देखिएको थियो । सचिनको कीर्तिमान भंग गर्ने आसपासमा कोही पनि थिएनन्, तर अहिले त्यस्तो स्थिति छैन ।

    सचिनको कीर्तिमान तोड्ने संकेत विश्व क्रिकेटले पाएको छ । टेस्ट क्रिकेटको कुरा गरौँ भने इंग्ल्यान्डका जोए रुट सचिनकै कीर्तिमान पछ्याइरहेका छन् । रुटले सचिनको नाममा रहेको एउटा रेकर्ड भंग गरेका छन् । रुटले सबैभन्दा कम उमेरमा टेस्ट फर्म्याटमा १० हजार रन पूरा गरेका छन् । उनले ३१ वर्ष एक सय ५७ दिनमा १० हजार रन बनाए । लड्र्स मैदानमा रुटले न्युजिल्यान्डविरुद्ध शतकीय इनिङ्स खेल्दै सचिन र एलेस्टर कुकलाई समेत पछि पारे । सचिनले ३१ वर्ष तीन सय २६ दिनमा टेस्ट खेलमा १० हजार रन पूरा गरेका थिए । रुटले टेस्ट करिअर सन् २०१२ मा गरेका थिए । उनले १० हजार रनको कोसेढुंगा पार गर्न नौ वर्ष एक सय ५६ दिन लगाएका छन् । इंग्ल्यान्डकै कुकले करिअर सुरुवात गरेपछि १० हजार रन छुन १० साल ८७ दिन लगाए ।
    यही रफ्तारमा रुट अगाडि बढ्दा सचिनको नाममा टेस्ट क्रिकेटमा रहेको विश्व कीर्तिमान रन पनि तोडिने विश्वास गरिएको छ । सचिनले आफ्नो टेस्ट करिअरमा ५३.७९ औसतमा १५ हजार नौ सय २१ रन बनाएका थिए ।

    १० वर्षको करिअरमा रुट नै राम्रो

    टेस्ट करिअरको प्रारम्भिक १० वर्षको विश्लेषण गर्दा सचिनको तुलनामा रुट नै निकै अगाडि छन् । १० वर्षभित्र सचिनले ७३ टेस्टमा ५६.७१ को औसतमा पाँच हजार आठ सय ४१ रन बनाए । त्यहीँ नै रुटले सुरुका १० वर्षमा एक सय १८ खेलमा १० हजार १५ रन बटुले । फेरि पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार रुटले ४७ टेस्टमा पाँच हजार चार सय २१ रन बनाए । रुट अहिले ३१ वर्षका छन् ।

    सचिनले ४० वर्षतिर टेस्टबाट सन्न्यास लिएका थिए । रुट जुन गतिमा अगाडि बढिरहेका छन्, केही वर्षभित्र नै सचिनको रेकर्ड तोडिन सक्छ । सचिनले करिअरको अन्तिम नौ वर्षमा ९० टेस्टबाट ६ हजार नौ सय ५७ रन बनाएका थिए । त्यसवेला उनको औसत ५१.५२ थियो । सहजै सात–आठ वर्षसम्म रुटले टेस्ट खेल्न सक्छन् । यो अवस्थामा रुटले सचिनको नाममा रहेको सर्वाधिक व्यक्तिगत रेकर्ड तोड्ने सम्भावना पनि उत्तिकै छ ।

    बढी टेस्ट खेल्नेमा इंग्ल्यान्ड

    इंग्लिस खेलाडी प्रत्येक वर्ष भारतीयले भन्दा बढी टेस्ट खेल्छन् । यस्तो अवस्थामा रुटसँग सचिनको रेकर्ड तोड्ने धेरै मौका छ । करिअरको सुरुवाती १० वर्षको मूल्यांकन गर्दा सचिनले भन्दा रुटले ४५ बढी टेस्ट खेलेका छन् । यो १० वर्षमा इंग्ल्यान्डले एक सय २६ खेलेको थियो । भारतले पाँच वर्षमा ६६ टेस्ट मात्र खेल्यो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले हरेक वर्ष विश्व टेस्ट च्याम्पियनसिपको आयोजना गरिरहेको छ । आइसिसीको यो अवधारणा आउँदा ६–७ वर्षसम्म चलिरह्यो भने रुटले सचिनको नाममा रहेको सर्वाधिक दुई सय टेस्ट खेलसमेत पाखा लगाउनेछन् । साथसाथै व्यक्तिगत तथा शतकको कीर्तिमानसमेत रुटको नाममा आउनेछ । तर, यसका लागि रुटले सबै सिजनमा फर्ममा ब्याटिङ गर्नुपर्छ ।

    रुटलाई टेस्ट नै प्यारो

    रुटलाई टी–२० र एकदिवसीयभन्दा टेस्ट खेल नै मनपर्छ । वर्षभरि रुट कमै मात्रामा यी दुवै फर्म्याटमा देखा पर्छन् । इन्डियन प्रिमियर लिगबाहेक रुट अन्य विश्व चर्चित टी–२० फ्रेन्चाइज बेस आधारित लिगमा खेल्दैनन् । एक फर्म्याटमा मात्र केन्द्रित हुनु नै रुटको फिटनेस लेभलको राज हो । सचिनले आफ्नो समयमा टेस्ट तथा एकदिवसीय खेलमा उत्तिकै प्रतिस्पर्धा गरेका थिए ।

    त्यसवेला भारतीय क्रिकेटको ब्याटिङ आधार नै सचिन थियो । यस कारण नै सचिनले बढी एकदिवसीय तथा टेस्ट खेलमा अवसर पाए । यति मात्र नभएर सचिन नियमितजसो नै आइपिएलमा सहभागी भए । रुटले पछिल्लो पाँच वर्षमा इंग्ल्यान्डबाट केवल एक टेस्ट मात्र गुमाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑